PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बहुमतका आधारमा पेल्न खोजेको भन्दै एमाओवादीसहितको मोर्चाद्वारा विरोध कार्यक्रम सार्वजनिक



बहुमतका आधारमा पेल्न खोजेको भन्दै एमाओवादीसहितको मोर्चाद्वारा विरोध कार्यक्रम सार्वजनिक

काठमाडौँ : कांग्रेस र एमालेको सत्तारुढ गठबन्धनले बहुमतका आधारमा पेल्न खोजेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी  एकीकृत नेकपा (माओवादी) नेतृत्वको सङ्घीय गणतान्त्रिक मोर्चा,  साना दलको पहिचानमा आधारित सङ्घीय गठबन्धन र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धनमा आवद्ध दलहरुले असोज २४ गतेदेखि असोज ३१ गतेसम्म विरोध प्रदर्शन र जनसभाको कार्यक्रम घोषणा गरेको छ ।

तीन संयुक्त मोर्चाले सहमतिको प्रक्रियाभन्दा बाहिर गएर बहुमतीय आधारमा संविधान निर्माण गर्न खोजिए मान्य नहुने र  त्यसो गरिए संविधानसभामा र सडक सङ्घर्ष गर्नाको विकल्प नरहेको चेतावनी पनि दिएको छ। 


एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार आयोजित पत्रकार सम्मेलनमा विगतमा प्रमुख दलबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान २०६३, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षसँग भएको सहमतिका आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्नुपर्ने अडान प्रष्ट पारियो।

 अन्तरिम संविधान २०६३ को धारा १३८ (१) क मा राज्यको पुनःसंरचना समानुपातिक तथा समावेशी आधारमा गरिने भन्ने व्यवस्था भए पनि सरकारमा रहेका दल त्यो मान्यतामा रहन नसकेको आरोप मोर्चाले लगाएको छ । 

 पत्रकार सम्मेलनमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्तालाई एक्ल्याउने काम भएको र विगतको सहमति र सम्झौताबाट भाग्न खोजेका कारण समस्या पैदा भएको बताउँदै संविधान निर्माणमा आफूहरूलाई कुनै पनि भूमिका दिन कांग्रेस र एमाले तयार नभएको बताए। 

    ‘‘सहमति निर्माणमा प्रतिपक्षी दलको भन्दा पनि कम भूमिका सरकारमा रहेका दलको देखियो, त्यसले नै संविधान निर्माणमा वाधा खडा गरेको छ, उहाँहरूको सोचमा नै अङ्कगणितले काम गरेको छ’’ दाहालले भने। 

   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell