PahiloPost

Mar 10, 2026 | २६ फागुन २०८२

यो तराईको होइन, राजधानी काठमाडौँको फोटो हो



यो तराईको होइन, राजधानी काठमाडौँको फोटो हो

काठमाडौं : नयाँ संविधानमा हिन्दु राष्ट्र कायम हुनुपर्ने मागसहित उत्रिएको एक समूहले अप्रत्यासित रुपमा बबरमहल र नयाँ बानेश्वरबीचको बाटो अवरुद्ध गर्दा नयाँ बानेश्वर क्षेत्र केही समय तनावग्रस्त बन्यो। सुचारु अवस्थामा रहेका यातायात अप्रत्यासित रुपमा रोकिनुपर्दा बाटो अवरुद्ध हुनु अनौठो थिएन। तर, त्यसपछि प्रहरीले हस्तक्षेप गरेपछि स्थिति असामान्य बन्न पुग्यो।

एकाएक बाटो बन्द भएपछि प्रहरी बन्द खुलाउन पुगे। त्यसका लागि उनीहरुले सडक अवरुद्ध गर्न पुगेका हिन्दुवादीलाई लखेट्नुपर्‍यो। बाटो पूरै ठप्प भएको अवस्थामा एक्कासी भागदौड मच्चियो। त्यसको मार खेपे पैदल यात्रीले। सडकमा पूरै गाडी भरिएपछि आन्दोलनकारी फुटपाथतिरबाटै भाग्न थाले। प्रहरीले उनीहरुलाई लखेट्नु स्वभाविक बन्यो। तर, अत्तो न पत्तोसँग उनीहरुकै भगाइमा तनाव भोग्न वाध्य भए सर्वसाधारण।



संविधान जारी गर्ने विषयमा तराईका भेगमा हड्तालहरु भए पनि राजधानी शान्त नै छ। विभिन्न समूहहरुले निषेधित क्षेत्र बाहिर दिनहुँ जसो प्रदर्शन भने गर्ने गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell