PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वार्ताको वातावरण बन्दै, थारुको टोली गठन, मधेसी मोर्चासँग अनौपचारिक कुराकानी



वार्ताको वातावरण बन्दै, थारुको टोली गठन, मधेसी मोर्चासँग अनौपचारिक कुराकानी
फाइल फोटो

  • पहिलोपोस्ट -
काठमाडौँ : आन्दोलनरत थारु र मधेसी मोर्चासँग वार्ताका लागि आइतबारसम्म प्रक्रिया रोक्ने निर्णय गरेका प्रमुख दलहरुले शनिबार औपचारिक वार्ता नथाले पनि वार्ताको वातावरण भने बनाएका छन्। 

थरुहट/थारुवान संयुक्त सङ्घर्ष समितिको सचिवालय बैठकले सरकारसँग वार्ता गर्नका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। समिति सचिवालयको आज बसेको बैठकले सरकारसँग वार्ताको वातावरण बनाउन तीन सदस्यीय वार्ता टोली गठन गरेको सभासद् एवम् समितिका प्रवक्ता अमनलाल मोदीले जानकारी दिए। 

तीन सदस्यीय वार्ता टोलीमा थारु नेताहरु अमनलाल मोदी, राजकुमार लेखी र मीनराज चौधरी रहेका छन्। 

“प्रमुख तीन दलले संविधान लेखनको प्रक्रिया रोकेर वार्ताको लागि आह्वान गर्नुलाई सकारात्मक लिँदै वार्ताको सकारात्मक वातावरण बनाउन वार्ता टोली गठन गरेका छौँ । हाम्रा सात बुँदे मागलाई कार्यान्वयनको थप प्रतिबद्धता आए वार्ता प्रक्रिया अघि बढ्छ,”– उनले भने। 

उता, आन्दोलनरत मधेसी मोर्चाका केही घटकहरुसँग पनि अनौपचारिक सम्पर्क भएको छ। मोर्चाका शीर्ष नेताहरु काठमाडौँ आएका छन्। सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव काठमाडौँ आए पनि शनिबारै पार्टीको कार्यक्रमले भोजपुर गएका छन्।

शनिबार बिहान काठमाडौँ आएका तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) अध्यक्ष महन्थ ठाकुर र सरकारका तर्फबाट कांग्रेस मन्त्री महेश आचार्य, आनन्दप्रसाद ढुंगाना र एमाले नेता विष्णु पौडेलबीच अनौपचारिक कुराकानी भएको थियो। प्रधानमन्त्री र ठाकुरबीच आइतबार बिहान भेट हुने स‍ंभावना छ।
 
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौँ आएका छैनन्। 

यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक तमलोपा प्रवक्ता सर्वेन्द्रनाथ शुक्लाले रासससँग कुराकानी गर्दै वार्ताको वातावरणका लागि अनौपचारिक कुराकानी भइरहेको पुष्टि गरेका छन्। 

उनले भने– “सरकारसँग औपचारिक कुराकानी भएको छैन, तर अनौपचारिक कुराकानी भइरहेको छ। हाम्रो तर्फबाट तराईमा भइरहेको पछिल्ला अराजक घटनाक्रमको समीक्षा गर्दै देशलाई कसरी सामान्य अवस्थामा फर्काउने भन्नेबारे छलफल भइरहेको छ। उपेन्द्र यादव र राजेन्द्र महतो आइतबार राजधानी फर्किएपछि मोर्चाको तर्फबाट औपचारिक धारणा बनाएर अघि बढ्छौं।”

प्रमुख दलहरुले स‍ंविधानको विधेयकमा प्राप्त स‍‌ंशोधनमा शु्क्रबारै मतदानको प्रक्रिया अघि बढाउने तयारी गरेको भए पनि पछि आइतबार बिहान ११ बजेसम्म सार्ने निर्णय गरेका थिए। तर शनिबार औपचारिक वार्ता भइनसकेका कारण आइतबार हुने भएकोले ११ बजे बोलाइएको संविधानसभाको बैठक वार्ताको निश्कर्ष नआएसम्म तन्कने देखिन्छ। राससको सहयोगमा  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell