PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

राप्रपा नेपाल संविधानसभा फर्किने



राप्रपा नेपाल संविधानसभा फर्किने

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाको संविधान निर्माण प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ।  

पार्टी केन्द्रीय कार्यसमितिको आजको बैठकले यस्तो निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। “अन्तिमसम्म हाम्रा मुद्दाको रक्षाका लागि संविधानसभालाई उपयोग गरेर जान बाँकी प्रक्रियामा सहभागी हुने निर्णय गरेका हौँ, यससम्बन्धी अध्यक्ष कमल थापाको प्रस्ताव बैठकले पारित गरेकाले भोलिदेखि सभाका प्रक्रियामा सामेल हुनेछौँ”– उनले भने।
 
बुधबार सभाको बैठकबाट बाहिरिएको राप्रपा नेपाललाई प्रक्रियामा फर्कन सरकार र तीन ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले एवम् एनेकपा माओवादीले लिखित आग्रह गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell