PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​प्रचण्डलाई पनि भेटे भारतीय राजदूतले



​प्रचण्डलाई पनि भेटे भारतीय राजदूतले

काठमाडौं : एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत रञ्जित रे बीच दाहाल निवास लाजिम्पाटमा आज भेटवार्ता भएको छ। 

भेटवार्तामा संविधान लेखन प्रक्रिया र यसमा राजनीतिक दलहरुले निभाउँदै आएको भूमिकाका विषयमा कुराकानी भएको थियो। 

सो अवसरमा अध्यक्ष दाहालले सबै पक्षको सहमतिमा छिटोभन्दा छिटो संविधान जारी गर्न प्रमुख राजनीतिक दल क्रियाशील रहेको बताएका अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए।

सङ्घीय प्रदेशको सीमा निर्धारणपछि मुलुकका विभिन्न स्थानमा विभिन्न समुदायले प्रकट गरिरहेको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयत्न जारी राखिएको समेत अध्यक्ष दाहालले बताएका थिए।

राजदूत रे ले छिटोभन्दा छिटो संविधान जारी होस् भन्ने पक्षमा भारत रहेको जानकारी दिँदै असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन अधिकतम प्रयत्न गर्न अध्यक्ष दाहाललाई आग्रह गरेका थिए।

यसअघि भारतीय राजदूत रे ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि आज उनकै निवास बालकोटमा भेटेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell