PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

दुई पार्टी गाभिएर बन्यो नयाँ माओवादी पार्टी



काठमाडौँ : माओवादी कम्युनिस्ट केन्द्र नेपाल र जनमुक्ति मोर्चा नेपालको एकता भएर नयाँ पार्टी जन्मिएको छ। आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नयाँ पार्टीको नाम माओवादी कम्युनिस्ट केन्द्र नेपाल राखिएको जानकारी गराइयो। 

माओवादी कम्युनिस्ट केन्द्र नेपालका अध्यक्ष डिएस महता हुन् भने जनमुक्ति मोर्चा नेपालका अध्यक्ष डिपी शर्मा। 

माओवादी कम्युनिस्ट केन्द्रले पोहोर कात्तिक ३० गते जिल्ला प्रशासन कार्यालमा हतियार बुझाएर शान्ति प्रक्रियामा आएको हो। सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै यो पार्टीले अहिले आमरण अनसन बस्ने चेतावनी दिइरहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell