PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

संविधानको बाटोले गर्‍यो राजमार्गको यो हाल, हेर्नुस् १५ फोटो



संविधानको बाटोले गर्‍यो राजमार्गको यो हाल, हेर्नुस् १५ फोटो

  • सुभक महतो -
सप्तरी : केही समयअघि सुन्दर, शान्त तथा फराकिलो देखिन्थ्यो पूर्वपश्चिम राजमार्गको सुनसरी सिराहा सडक खण्ड। संविधान निर्माण अन्तिम चरणमा पुगेको बेला यो सडकखण्डको बेहाल देखिन्छ।  

त्यही सडक खण्डभएर रिपोर्टिङ लागि हामी बुधबार अघि बढ्दै गर्दा कतै सडक सुनसान देखिन्थ्यो त कतै, सडकमा रुखहरु ढालेको, त कतै सडकमा रहेका गाडीहरु जलिरहेका  दृश्यहरु देखिए।
 
बुधबार सप्तरीको भारदहमा एक प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएपछि त्यसको आक्रोशमा सर्वसाधारणले हरेक दुईदेखि चार किलोमिटरको दुरीमा सडक किनारमा रहेको ठूलाठूला रुखहरु काटेर राजमार्ग अवरुद्ध गरेका छन्।







त्यस्तै राजमार्गमा रहेको पुलहरुको दायां बायांको तारजालीबाट ढुंगा निकालेर सडकमै राखेका छन्। यसले बुधबार अपराह्नदेखि एम्बुलेन्स र मोटरसाइकल पनि राजमार्गमा चलाउन सकिएको छैन। जिल्ला प्रशासन कार्यालयले गएरातभर निषेधित क्षेत्र घोषणा गरेर राजमार्गको अवरोध खुलाउने प्रयास गरेको थियो।  (महतो एभिन्युज टेलिभजनसित आवद्ध पत्रकार हुन्)
















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell