PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अासाममा विशाल गोर्खा जनभेला



अासाममा विशाल गोर्खा जनभेला
फोटो : सञ्जिव दाहाल

  • सञ्जिव दाहाल-
असाम : अल आसाम गोरखा स्टुडेन्ट युनियन (आग्सु)को आयोजनामा हिजो डिगबोइमा विशाल गोर्खा जनभेला आयोजना भयो। गोरखाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल विमल गुरूङले जनभेलामा समग्र देशभरिका गोरखाहरूको राजनीतिक सुरक्षा अनि जातीय चिनारीको सुरक्षाका लागि एकजुट हुनुपर्ने बताए।  

उनले मणिपुरका गोरखाहरूमाथि भइरहेको दमन, शोषण अनि अत्याचारको विरोध गर्दै समग्र गोरखाहरूको अभिभावक हुनुको नाताले मणिपुरका विधानसभाले पारित गरेको इनर लाइन परमिट बीलको कारण गोरखाहरूको सुरक्षामाथि खतरा उत्पन्न भएको बताए। उनले गोरखाहरूको उचित सुरक्षाको निम्ति केन्द्र सरकारसमक्ष कुराकानी गरिएको जानकारी दिए। उनले अधिकारका लागि हुने अबको गोरखाल्याण्ड आन्दोलन हिसांत्मक नभएर गान्धीवादी सिद्धान्तमा आधारित हुने बताए।

अरूणाञ्चल प्रदेशका गोरखाहरूलाई पर्सनल रेसिडेन्सियल सर्टिफिकेट (पीआरसी) प्रदान गरिनुपर्ने माग पनि उनले उठाए।

आग्सुद्वारा आयोजित आजको जनभेलामा उत्तरपूर्वीक्षेत्रका हजारौं गोरखा तथा अन्य समुदायका संघ-संस्थाका प्रतिनिधिहरू भेला भएका थिए।
 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell