PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

​सीमांकनपछि १० सुरक्षाकर्मी सहित २९ को मृत्यु



​सीमांकनपछि १० सुरक्षाकर्मी सहित २९ को मृत्यु

काठमाडौं : प्रमुख दलहरुले संघीय प्रदेशको सीमांकन गरेपछि त्यसको विरोधमा देशका विभिन्न ठाउँमा भएका आन्दोलन र प्रदर्शनमा २९ जनाले ज्यान गुमाइसकेका छन्।

पश्चिम र मध्य तराई तथा मध्यपश्चिममा भएका प्रदर्शन र झडपमा १० सुरक्षाकर्मीसहित २९ जनाले ज्यान गुमाएको गृहमन्त्री वामदेव गौतमले आज संसदमा जानकारी गराएका हुन्।

गृहमन्त्री गौतमका अनुसार १ जना बालक,  १० जना सुरक्षाकर्मी, १ जना मोटरसाइकल चालक र सुरक्षाकर्मीको प्रहारबाट १७ जना प्रदर्शनकारीको मृत्यु भएको हो।

८३ जना सुरक्षाकर्मी ११२ प्रदर्शनकारी घाइते भएका छन् भने ४३ वटा सरकारी भवनमा क्षति पुगेको छ। २० वटा निजी भवन, २४ वटा सरकारी सवारी साधन र १७२ निजी सवारी साधनमा क्षति पुगेको छ। प्रदर्शनहरुमा घातक हतियार पनि प्रयोग भएका र पेट्रोल बम, सुतली बमले छानीछानी हानिएको पनि गृहमन्त्री गौतमले बताए। 

उनले मधेश सरकार र थरुहट सरकारको तुलहरु राख्ने, साम्प्रदायिक र जातीय नारा उचालिएको पनि बताएका छन्। सभासदहरु उपेन्द्र यादव र अमरेश कुमार सिंहले कैलालीको टीकापुरमा हतियारयुक्त प्रदर्शन गर्न आह्वान गरेसँगै त्यस्तै प्रदर्शन हुनुले योजना बनाएको त होइन भन्ने आशंका भएको पनि गृहमन्त्रीले प्रश्न गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell