PahiloPost

Jun 3, 2026 | २० जेठ २०८३

धमाधम काठमाडौँ खाल्डो छाड्दै



धमाधम काठमाडौँ खाल्डो छाड्दै

अंगद ढकाल/पहिलोपोस्ट-
काठमाडौँ : दशैँको विदा आफ्नो परिवारसँग मनाउन काठमाडौँ खाल्डो छाड्ने क्रम जारी छ। महानगरीय ट्राफिक कार्यालय रामशाहपथका अनुसार गत वर्ष चाडपर्वमा करिब १९ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए। यो वर्ष करिब २५ लाख बाहिरिने अनुमान छ। 

तीमध्ये अधिकांशले काठमाडौँ छाडिसकेका छन्। फूलपातीको अघिल्लो दिन सबभन्दा धेरै सवारी साधन काठमाडौँबाट बाहिरिएको नागढुंगा ट्राफिक प्रहरी कार्यालय बताउँछ। फूलपातीदेखि निजी तथा सरकारी कार्यालयहरुमा विदा हुने भएकोले यो दिन पनि सामान्य दिन भन्दा धेरै नै गाडी बाहिरिए।

फूलपातीका दिन बिहान तीन घण्टा सबैभन्दा चाप परेको ट्राफिक कार्यालय बताउँछ। यो दिन नागढुंगा नाकाबाट बाहिरिनेमा निजी सवारी साधनको संख्या अधिक थियो। यद्यपि राति अबेरसम्म पनि गाडी  जाने क्रम जारी थियो। 

बसपार्कमा बाहेक अन्यत्र गाडी चढ्न नपाउने नियम भए पनि कलंकी सानोतिनो बसपार्क नै जस्तो देखिन्थ्यो बुधबार राति।


पेट्रोल भर्ने बहाना बनाएरै भए पनि त्यहाँ बसले यात्रु चढाइरहेका थिए।


कलंकीको दृश्य।


यो बसपार्क होइन, कलंकी हो। 


बसको छतमा मोटरसाइकल समेत देखिन्छ। 






पायक पर्ने ठाउँबाट गाडी चढ्छु : कलंकी पेट्रोल पम्पनजिकै सामानसहित बस कुरिरहेका यात्रु। 


कलंकीबाट काठमाडौँ छाड्दै रात्री बसहरु। 


ट्राफिक प्रहरीलाई कलंकीमा सवारी साधनको व्यवस्थापन गर्न गाह्रो हुन्छ। 












केही किन्न छुट्यो जस्तो लाग्छ, बसको झ्यालबाटै टिसर्ट हेर्दै एक यात्रु। 


कलंकीबाट निस्किएपछि त्यहाँबाट साढे आठ किलोमिटरको दूरीमा रहेको नागढुंगामा प्रहरीले यात्रुको नाम, भाडासहितको चलानी विवरण हेर्ने गर्छ। 'कन्ट्रोलबाट आएको जानकारीका आधारमा हामी शंकास्पद गाडी र यात्रुलाई रोक्ने काम गर्छौँ' जाँचमा खटिएका एक प्रहरीले बताए।










नागढुंगामा सिसिटिभीले पनि त्यहाँका गतिविधि रेकर्ड गरिरहेको हुन्छ। 


प्रहरीको चेकजाँच पार गरेलगत्तै ट्राफिक प्रहरीको एउटा चौकीमा काठमाडौँबाट बाहिरिने सबै भाडाका सवारी साधनले यात्रु संख्या र भाडासहितको चलानी पत्र बुझाउनु पर्छ।



यो चौकीमा खटिनेले नाकाबाट बाहिरिएका प्रत्येक निजी होस् वा सावर्जनिक, प्रत्येक सवारी साधनको नम्बर टिपेको हुन्छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell