PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

टीकापुर घटनामा घाइते हवल्दारको निधन, मृतक संख्या ९ पुग्यो



टीकापुर घटनामा घाइते हवल्दारको निधन, मृतक संख्या ९ पुग्यो
एसएसपी न्यौपानेको शव यात्राको फोटो।

काठमाडौँ: गत सोमबार टीकापुर घटनामा घाइते भएका नेपाल प्रहरीका हवल्दार जनक नेगीको उपचारका क्रममा काठमाडौँमा निधन भएको छ। यससंगै टीकापुर घटनामा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । 

नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा हवल्दार नेगीको उपचारको क्रममा आज राती २ बजे निधन भएको प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कमलसिंह बमले जानकारी दिए।  

सेती अञ्चल प्रहरी कार्यालय गुल्ममा कार्यरत हवल्दार नेगी सोमबार कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएका थिए। कञ्चनपुरको झलारी घर भएका नेगीको पार्थिव शरीर आजै उनको गृहनगर पुर्‍याइने प्रवक्ता बमले बताए।  

यसअघि टीकापुरमा सीमाङ्कनको विषयलाई लिएर आन्दोलनकारीले निषेधाज्ञा तोडी अघि बढ्दा भएको झडपमा परी  नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित सात प्रहरी र एक नाबालकको ज्यान गएको थियो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell