PahiloPost

Jul 10, 2026 | २६ असार २०८३

​वर्षाले पशुपति क्षेत्रको विश्वरुपा मन्दिर ढल्यो



काठमाडौँ :  विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको विश्वरुपा मन्दिर बिहीबार रातिको वर्षाले भत्किएको छ। वैशाख १२ गतेको भूकम्पले जीर्ण भई आधा भत्किएको मन्दिरको आज बिहान ९ बजे गजुरको पूरै भाग भत्किएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए। 

विसं १९१९ मा जङ्गबहादुर राणाले विश्वरुपा मन्दिरको स्थापना गरी वसन्तपुरको नासलचोकमा असरल्ल रहेको मल्लकालीन मूर्ति ल्याई पूजाआजाको व्यवस्था मिलाएको उनले बताए। 

गुम्बज शैलीमा निर्माण गरिएको मन्दिरको बाहिरपट्टि उत्तरी भागमा नेपाल—भोटबीच युद्ध हुँदा फर्कने क्रममा बाटोमा भेटी ल्याइएको भैरवको मूर्ति स्थापना गरिएको बताइएको छ। 

“आजसम्म मन्दिरमा पूजाआजा गरिएकोमा पूरैभाग भत्किएपछि नित्यपूजा चलाउन नसकिने र ऐतिहासिक, पुरातात्विक र धार्मिक दृष्टिले महत्वपूर्ण मूर्ति निकाल्न नसकिने अवस्थामा पुगेको छ”– सदस्य सचिव डा टण्डनले भने। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell