PahiloPost

Jun 3, 2026 | २० जेठ २०८३

बिक्रीमा आइफोन सिक्सको रेकर्ड, तीन दिनमा छ बिलियन डलरको कारोबार



बिक्रीमा आइफोन सिक्सको रेकर्ड, तीन दिनमा छ बिलियन डलरको कारोबार
फोटो : गेट्टी इमेजेस

पहिलोपोस्ट :  आइफोन सिक्सले छोटो समयमै १० मिलियन ह्यान्डसेट बिक्रीको नयाँ रेकर्ड कायम गरेको छ।
 
विश्वभर १० आधिकारिक बिक्री केन्द्रमा एप्पलले आइफोन सिक्स र सिक्स प्लसको बिक्री खोल्दा तीन दिनमा नै छ बिलियन डलरको कारोबार गरेको हो।
 
अघिल्लो संस्करण आइफोन ५ एस र ५ सीको तुलनामा यो ११ प्रतिशतले बढी हो।
 
आइफोन सिक्स र सिक्स प्लस खरिद गर्नेको घुइँचो लन्डन, न्यूयोर्क, सानफ्रान्सिस्को लगायतका एप्पल स्टोरमा देखियो। त्यहाँ आइफोन किन्न उपभोक्ता घण्टौँ लाम लागेका थिए।
 
ठूलो स्क्रिनसाइज भएको आइफोन सिक्स प्लस फ्याब्लेटले प्रतिस्पर्धी सामसुङलाई पछि पार्ने क्रममा छ।
 
आइफोन सिक्सले प्रि-अर्डरको पनि नयाँ रेकर्ड राखेको छ। यसले प्रि-बुकिङको २४ घण्टा नबित्दै ४ मिलियन हेन्डसेट अर्डरको नयाँ रेकर्ड कायम गरेको हो।
 
यस वर्षको अन्त्यसम्ममा आइफोन सिक्स विश्वभरका ११५ मुलुकमा पुर्‍याउने एप्पलको लक्ष्य छ। शुक्रबारबाट  रसिया, टर्की, भारत लगायत २० देशहरुमा आइफोन बिक्री सुरु भएको छ।
 
चीनमा सार्वजनिक नभइसकेको आइफोन चोरीको बाटो हुँदै प्रवेश भएको छ। त्यसैले त्यहाँको कूल ब्यापार र त्यसको अनुपातमा प्राप्त फाइदा यकिन गर्न कठिन भएको छ। चीन एक्लैले एप्पलको कूल व्यापारको १७ प्रतिशत हिस्सा ओगट्छ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell