PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

​​यस्तो थियो इन्काउन्टरमा मारिएका 'घैँटे'को पोलिटिकल कनेक्सन



​​यस्तो थियो इन्काउन्टरमा मारिएका 'घैँटे'को पोलिटिकल कनेक्सन

  • पहिलोपोस्ट -
काठमाडौँ : पोलिटिकल कनेक्सन हेर्दा कुमार श्रेष्ठ 'घैँटे' को इन्काउन्टर होला भनी पत्याउन गाह्रो लाग्ने स्थिति छ। उनी सत्तारुढ दलका प्रभावशाली नेताहरुको संरक्षणमा थिए। वैशाख १२ को भूकम्पपछि भूकम्पपीडितलाई सहयोग गर्न नेपाली कांग्रेसले बनाएको संयन्त्रमा उनलाई उपसंयोजकको जिम्मेवारी दिइएको थियो।

बालुवाटारमा भएको कार्यक्रममा स्वयं प्रधानमन्त्री सुशील कोइरालाले उनलाई विदाइ गरेका थिए। कांग्रेसको खेलकुद विभागले बनाएको स्वयंसेवक टोलीको उपसंयोजकका रुपमा उनी भूकम्पपीडित क्षेत्रमा राहतका लागि गएका थिए।

एक वर्षअघि काठमाडौँको भीमढुंगामा दिनेश अधिकारी 'चरी'को इन्काउन्टर भएपछि काठमाडौँका गुन्डा नाइकेहरुबीच खैलाबैला मच्चिएको थियो। त्यसअघि नै असारमा सुजन पौडेल 'रमेश बाहुन' भाग्यले बचेका थिए। इन्काउन्टर गर्ने तयारी अन्तिम चरणमा पुग्दा समाचार चुहिएका कारण उनी बचेका थिए।

बाहुन र चरी दुवै एमाले नेताको संरक्षण प्राप्त गुन्डा नाइकेहरु थिए। चरी त धादिङ एमाले निर्वाचन क्षेत्र नम्बर १ का पूर्व उपाध्यक्षसमेत थिए। धादिङका एमाले सभासद् राजेन्द्र पान्डेले इन्काउन्टरको विरोधमा संसदमा चर्का अभिव्यक्ति दिए। उनीहरुले गृहमन्त्री वामदेव गौतमलाई समेत तारो बनाएका थिए। उतिखेरै अर्का कुनै गुन्डा नाइकेको इन्काउन्टर हुनसक्ने र त्यो राजनीतिक रुपमा फरक दलको संरक्षणप्राप्त हुनसक्ने अनुमानहरु लगाइएका थिए।

गुन्डा नाइकेहरु पनि यसबाट अनभिज्ञ थिएनन्। धेरै जना विदेश भाग्न बाध्य भएका थिए। तिनैमध्ये एक थिए कुमार घैँटे नामले चिनिएका कुमार श्रेष्ठ। वैशाख १२ को भूकम्पपछिको स्थितिको मौका छोपेर नेताहरुको संरक्षणमा उनी स्वदेश फर्किएर सक्रिय भएका थिए। फर्किए लगत्तै उनले फेसबुकमा लेखेका थिए- 'भूकम्पपछिको नयाँ जीवन। नयाँ सोच नयाँ जोशका साथ, अब बाँकी भाको जिन्दगी यो मेरो देशको लागि...जय नेपाल'
 
 

Earthquake pachhi ko naya jivan. Naya soch naya josh ko sath, aaba baki vhako jindagi Yo meroo des ko lagi .. jaynepal

Posted by Kumar Shrestha - Ghaite on Saturday, 1 August 2015

 
प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, शेरबहादुर देउवा उपस्थित कार्यक्रमबाट उनले आफ्नो पावर सो गरिसकेका थिए। घैँटेसहितको समूहलाई प्रधानमन्त्री कोइराला आफैँले बिदाइ गरेपछि प्रहरी अधिकारीहरू तीन छक्क परेका थिए। तर इन्काउन्टरकै हदसम्म स्थिति पुग्ला भन्ने अनुमान शायदै कसैले गरेका थिए। दलहरु दिनदिनै जसो संविधानका विवादित विषयमा सहमति जुटाउन बैठकमा व्यस्त भइरहेका बेला बिहीबार बिहान आफ्नै घरनजिक प्रहरीले दनादन गोली हानेर घैँटेलाइ ढालियो।  

​घैंटेले गजुरमुखी निर्माण सेवा नामक कम्पनीलाई ठेक्का मिलाउन अन्य ठेकेदारहरुलाई धम्क्याउने गरेको उजुरी प्रहरीमा परेको छ। गजुरमुखी निर्माण सेवामा कांग्रेस नेता जगदीश्वरनरसिंह केसी लगायतको स्वामित्वमा छ। सामाखुशी र लाजिम्पाटलाई आधार क्षेत्र बनाएर उनले गुन्डागर्दी गर्दै आएका थिए। हतियारसहित पक्राउ परे पनि उनी जरिवानामा छुट्दै आएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell