PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​'यो इन्काउन्टर होइन, गृहमन्त्रीको आदेशमा प्रहरीले मारेको हो'



​'यो इन्काउन्टर होइन, गृहमन्त्रीको आदेशमा प्रहरीले मारेको हो'
कुमार घै‌टे बिचमा, शिक्षामन्त्री चित्रलेखा यादव (बायाँ), सभासद जगदिशनरसिंह केसी (दायाँ) फोटो : कुमार घैंटेको फेसबुकबाट

  • जगदिशनरसिंह केसी- 
कुमारलाई घरमा प्रहरीले मारेर ल्याएको हो। एक घण्टा अगाडि गुजर्मुखी निर्माण सेवाको मिटिङमा बसेर घरमा गएको थियो। उसको घर प्रहरीले घेरिसकेको रहेछ। मास्क लगाएका ५÷६ जना मान्छे घरभित्र छिरेर उसको देब्रे साइडमा ५/६ वटा गोली हानेको छ। 

त्यसपछि ती ५/६ जनाले त्यहीँबाट हवाइ फायर गरे। किनभने उनीहरुलाई नाटक मञ्चन गर्नुपर्ने थियो। दोहोरो भिडन्त हो भन्ने देखाउन। उताबाट हवाइ फायर भयो, अनि गोली चलाएको हो भन्नका लागि। तर यो इन्काउन्टर होइन, सिभिल प्रहरीले मास्क लगाएर सिधै छातीमा गोली हानेको हो। इन्काउन्टर भए उसलाई गोली हान्न जाने ५/६ जना को हुन्? 

घरभित्र भात खाइरहेको मान्छेसँग कसरी इन्काउन्टर हुन्छ। उ सँधै त्यही घरमा बसिरहेको छ, उ लुकेको पनि होइन, भागेको पनि होइन। पार्टी (नेपाली कांग्रेस) निकटको काम गरिरहेको छ। यो इन्काउन्टर होइन, गृहमन्त्रीको आदेशमा प्रहरीले मान्छे मारेको हो। मानव अधिकारवादी के हेरेर बसेका छन्? प्रहरी र गृहमन्त्रीको मिलेमतोमा नाटक मञ्चन गरेर मारिएको हो। यो खेदपूर्ण रहेको छ। पर्लियामेन्टमा पालो आएपछि म कुरा उठाउँला। 

उसले के अपराध गरेको छ भने समातेर कानुनी कारबाही गर्ने ठाउँ सँधै सुरक्षित हुन्छ। एउटा ज्यानमाराले पनि कैद भुक्तान गरेर समाजमा सामन्य जीवनयापन गर्न सक्छ। हिजो उसले किक्रिमनल काम गरेको छ अदालत देखि सबै ठाउँबाट सफाइ पाएर निर्माण ब्यवसायमा लागेको मान्छेको बाँच्न पाउने अधिकार कहाँ गयो? उ कांग्रेससँग आवद्ध पनि थियो त्यसैले मारिएको हो। 

आज इन्काउन्टरमा मारिएका भनिएका कुमार घैंटेको घटनाबारे नेपाली कांग्रेसका सभासद केसीले सविन मिश्रसँग गरेको कुराकानीमा आधारित 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell