PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बन्दको प्रचार गर्ने २० जना पक्राउ, मसाल जुलुसमा प्रहरी हस्तक्षेप



बन्दको प्रचार गर्ने २० जना पक्राउ, मसाल जुलुसमा प्रहरी हस्तक्षेप

  • अंगद ‌ढकाल/पहिलोपोस्ट-
​काठमाडौँ : बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस निकाल्न खोज्नेहरुलाई प्रहरीले आज रत्नपार्कबाट पक्राउ गरेको छ। प्रहरीले बन्दको प्रचार गर्दै हिँड्नेलाई ठाउँ ठाउँबाट पक्राउ गरेका कारण मसाल जुलुसमा सहभागी हुनेहरुको संख्या निकै कम थियो। 

पक्राउको फोटो खिच्न नदिँदा प्रहरी र फोटोग्राफरहरुबीच केही समय भनाभनसमेत भएको थियो। 

नेपाली प्रहरीले जनाए अनुसार बन्द सफल पारौं भन्दै माइकिङ्ग गर्दै हिड्ने २० जनालाई उपत्यकाका विभिन्न ठाउँबाट शनिबार प्रहरीले पक्राउ गरिएको छ।

सो क्रममा काठमाडौं लाजिम्पाटबाट बा.१ ज २२४० नम्बरको ट्याक्सी चालकसहित ३ जना, कलंकी खसिबजारबाट बा.१ ज ३२३३ नम्बरको ट्याक्सी चालकसहित ३ जना, काठमाडौं महानगरपालिका–२० परोपकारबाट बा.१ ज ४७१० नम्बरको ट्याक्सी चालकसहित २ जना, ललितपुर ग्वार्को चोकबाट बा.१ ज ७१८ नम्बरको ट्याक्सीसहित २ जना, लगनखेल चोकबाट बा.१ ज ५४०९ नम्बरको ट्याक्सीसहित २ जना, ललितपुर बुंगमतीबाट बा.४ च २०२० नम्बरको कारसहित ४ जना, भक्तपुर मध्पुर ठिमी नगरपालिका–१३ बालकुमारी चोकबाट बा.१ च ३३७२ नम्बरको कारमा पर्चा २ वोरा, माइक २ थानसहित ४ जना गरी २० जना रहेको प्रहरीले बताएको छ। 

मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीको ३३ दलीय मोर्चा र मधेसकेन्द्रित दलहरुले बन्द आह्वान गरेका हुन्। 












@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell