PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

म्याग्दीमा जिप दुर्घटना, सबै १३ यात्रुको ज्यान गयो



म्याग्दीमा जिप दुर्घटना, सबै १३ यात्रुको ज्यान गयो

काठमाडौं : म्याग्दीको दुर्गम गाविस हिस्तानको औलमा दिउसो एक बजे जिप दुर्घटना हुँदा जिपमा सवार १३ जना यात्रुको निधन भएको छ। ज्यान गुमाउनेमा १० जना पुरुष र तीनजना महिला छन्।

राम्चे गाविसबाट सदरमुकाम बेनीबजार आउँदै गरेको ग १ ज ४३२४ जिप हिस्तान ७ औलको गिद्धेश्वर मन्दिर नजिकको भिर करिव दुई सय ५० मिटर तल खस्दा जिपमा यात्रा गरिरहेका सबै १३ यात्रुको निधन भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए।

'कसैलाई पनि जिवित भेट्न सकेनौँ। शव सदरमुकाम लैजाँदै छौँ', प्रजिअ केसीले भने। घटनास्थल पुग्न सदरमुकामबाट गाडीमा तीन घण्टा लाग्छ।

सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम भण्डारीले ज्यान गुमाउने १३ जना मध्ये ११ जनाको परिचय खुलेको जानकारी दिए।

राम्चेका शालीग्राम सापकोटा, उनका भाई वैकुण्ठ सापकोटा, भवन डिभिजन कार्यालय बागलुङका इन्जिनियर दिल्लु श्रेष्ठ, भवन डिभिजनकै सुपरभाइजर हेमन्त सिउथानी, ठेकेदार अर्जुन खत्री, जिपका चालक झमबहादुर पुर्जा, राम्चेका सुरेश गर्बुजा र हिस्तानका देउबहादुर पुर्जाको दुर्घटनामा निधन भएको हो।

परिचय खुलेका तीनजना मृतक महिला यममाया पुर्जा, सम्मती गर्बुजा र हेमसरा गर्बुजा हुन्। सहायक प्रजिअ तुल्सीराम भण्डारीले परिचयपत्र पनि नबोकेका तीनजनाको परिचय खुल्न नसकेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell