PahiloPost

Jun 3, 2026 | २० जेठ २०८३

सीमाङ्कन आधारभूत रुपमा सही छ : ओली



सीमाङ्कन आधारभूत रुपमा सही छ : ओली

काठमाडौँ : एमाले अध्यक्ष केपी ओलीले अहिलेको सीमाङ्कन आधारभूत रुपमा सही भएको जिकिर गर्दै यही विषयलाई लिएर स‌विधान बन्न नदिने खेल भइरहेको बताएका छन्। 'खेल सफल हुन दिन्नौँ, संविधान जारी गर्छौँ'', सीमाङ्कनमा असन्तुष्टि जनाउँदै देशभर भइरहेका प्रदर्शनलाई सम्बोधन गर्न आयोजित पत्रकार सम्मेलनमा ओलीले भने। 

नेपाल विविधतायुक्त देश भएकोले मूल्यमान्यतामा भिन्नता भएको औँल्याउँदै ओलीले तर सबैका लागि एउटै संविधान बनाउन जरुरी भएको भन्दै भिन्नताहरुबीच समानता स्वीकार्यता खोज्न जरुरी भएको बताए। 

उनले नेपाली जनता सचेत हुनुपर्ने आवश्यकतातर्फ जोड दिए। जनताको भावनामा खेलेर भड्काउन खोज्नेहरुप्रति सचेत हुन उनको आह्वान थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell