PahiloPost

Jun 3, 2026 | २० जेठ २०८३

संविधान बाइबल, कुरान जस्तो धर्मशास्त्र होइन : प्रचण्ड



संविधान बाइबल, कुरान जस्तो धर्मशास्त्र होइन : प्रचण्ड

काठमाडौँ : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले संघीयतामा केही नमिले त्यसलाई मिलाउन सकिने तर देशै दुर्घटनामा पर्‍यो भने संविधान जारी नहुने दुर्भाग्यपूर्ण अवस्था आउन सक्ने बताएका छन्।

संविधान भनेको बाइबल, कुरान जस्तो धर्मशास्त्र नभएर गतिशील दस्तावेज भएको उनले बताए। 'संविधान भनेको राजनीतिक र समाजको शक्ति सन्तुलनको दस्तावेज हो', उनले भने, 'आफ्नो भाग छाडेर अरुको केही स्वीकार गरेर संविधान बन्छ।'

जनताबाट विभिन्न टीकाटिप्पणी आउनु स्वभाविक भएको बताउँदै प्रचण्डले विशेष समिति र संवाद समितिमा पनि आफूहरुले संविधान घोषणा नभएसम्म परिमार्जन गर्ने भनेको प्रष्ट पारे। 'संविधान निर्माण रोकिँदैन', उनले भने, 'यस्तो भए दुर्भाग्य हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell