PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​एनआरएन थाइल्याण्डमा फेरि ढकाल निर्वाचित



​एनआरएन थाइल्याण्डमा फेरि ढकाल निर्वाचित

काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डमा खगेन्द्रराज ढकाल फेरि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। 

शनिबार भएको पाँचौं राष्ट्रिय अधिवेशनले राष्ट्रिय समन्वय समितिका लागि अध्यक्ष ढकालसहित महासचिव रवि महर्जन, सचिव कित्तिफुम राई, सहायक सचिव विथचाई पोर्सी, कोषाध्यक्ष कान्छा गुरुङ (गाबो ), युवा प्रतिनिधि दिपेश श्रेष्ठ, महिला प्रतिनिधि मलिका जोशी र अन्तर्राष्ट्रिय समन्वय समिति प्रतिनिधि मनोज राणालाई चयन गरेको छ।
 
उपाध्यक्ष पदका लागि भने चुनाब भएको थियो जसमा भविन्द्र बस्नेत, असाजिता अवाले, महेन्द्र श्रेष्ठ, शंकर अधिकारी, साकोयड रामा विजयी भएका छन्। अन्तर्राष्ट्रिय समन्वय समितिका प्रतिनिधिमा मनोज राना नै सर्बसम्मत चयन भएका छन्।

कार्यकारी सदस्यहरुमा संगीता राई लिम्बु, सुन्दर आत्रेय, यमी कर्माचार्य गरी तीन जना सर्वसम्मत निर्वाचित भएका छन्। यस अगाडि नै सम्पन्न भएका क्षेत्रीय समितिहरुको तर्फबाट राष्ट्रिय समन्वय समितिका लागि गणेश खनाल, प्रेम दनाई र पुजा सिङ निर्बाचित भैसकेका थिए। उत्तरी प्रदेशको हकमा भने पछि मनोनित गर्ने गरी १ पद रिक्त राखिएको एनआरएन थाइल्याण्डले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell