PahiloPost

Jan 1, 2026 | १७ पुष २०८२

स्कटल्यान्डसँगको खेलमा नेपालका तीन उपलब्धि



स्कटल्यान्डसँगको खेलमा नेपालका तीन उपलब्धि

काठमाडौँ : वन डे खेल्ने मान्यता पाएको स्कटल्यान्ड र भर्खरैको टी ट्वान्टी विश्वकप छनौटमा निराशाजनक प्रदर्शन गरेको नेपालबीच बुधबार खेल हुँदा धेरैले एकतर्फी हुने अनुमान लगाएका थिए। 

तर त्यस्ता अनुमानलाई गलत साबित गर्दै नेपालले अन्तिम ओभरसम्म संघर्ष गर्दै तीन रनको सानो अन्तरमा पराजय स्वीकार्‍यो। 

पराजित भए पनि नेपालले केही उपलब्धि यो खेलबाट हासिल गरेको छ। ती हुन्‌-

१) लिस्ट ए खेलमा उच्च व्यक्तिगत स्कोर

आइसिसीले नेपाल र स्कटल्यान्डबीच भएको खेललाई लिस्ट ए म्याचको दर्जा दिएको छ। लिस्ट एमा यो खेलभन्दा अगाडि नेपाली खेलाडीको सबैभन्दा उच्च स्कोर थियो ९१ रन जुन ज्ञानेन्द्र मल्लले बनाएका थिए। यो खेलमा सुरुवाती ब्याटसम्यानका रुपमा आएका अनिल मण्डल शतक* हानी आउट भए। यही नेपाली खेलाडीको लिस्ट एमा सबैभन्दा उच्च व्यक्तिगत स्कोर हो। त्यसैगरी जारी च्याम्पियनसिपमा सबैभन्दा बढी व्यक्तिगत रन बनाउने खेलाडी पनि अनिल नै हुन पुगेका छन्। (*अनिलले शतक हानेकाे भनी केही साइटहरूमा लेखिएकाे भए पनि अाइसिसीकाे अाधिकारिक साइटमा अनिलले ९७ रन बनाएकाे उल्लेख छ। अाधिकारिक निकाय भएकाे हुनाले हामीले त्यसैलाइ मान्यता दिएका थियौँ। तर नेपाली टोलीका टेक्निकल एनलिस्ट रमण शिवाकोटीले उनले शतक हानेको पुष्टि गरेकोले सच्याइएको छ)

२) पारसको लिस्ट एमा तीन अर्धशतक

खेलमा पारस खड्का ७०* रन बनाई आउट भए। यो उनको लिस्ट एमा तेस्रो अर्ध शतक थियो। लिस्ट एमा तीन अर्धशतक बनाउने उनी एक्ला नेपाली खेलाडी हुन्। (*पारसले ७७ रन बनाएको कि ७० रन भन्नेमा पनि आइसिसी र अन्य साइटमा फरक फरक तथ्याङ्क थियो। रमण शिवाकोटीका अनुसार उनले ७० रन बनाएका हुन्।) 

३) उच्च साझेदारी

लिस्ट एमा नेपालले तेस्रो विकेटका लागि सबैभन्दा बढी रनको साझेदारी यही खेलमा गर्‍यो। अनिल मण्डल र पारस खड्काले १३९ रनको साझेदारी गरेका थिए। यी दुईले १७.६ ओभरमा ७६ रनमा २ विकेटको स्थितिमा साझेदारी थालेका थिए। पारस आउट हुँदा नेपालको स्कोर ३४.४ ओभरमा २१५ रन थियो।

त्यसैगरी पहिलो विकेटका लागि महेश क्षेत्री र अनिल मण्डलले गरेको ४४ रनको साझेदारी पनि नेपालले लिस्ट ए म्याचमा गरेको अहिलेसम्मकै उच्च हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell