PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

​पारसको शरीरमा जडान गरिएको आइसिडी प्रभावकारी, स्वास्थ्य सामान्य : अस्पताल



​पारसको शरीरमा जडान गरिएको आइसिडी प्रभावकारी, स्वास्थ्य सामान्य : अस्पताल
आइसिडी जडान गरिएका बिरामीको फाइल फोटो

काठमाडौँ : पूर्व युवराज पारस शाहको शरीरमा हिजो साँझ जडान गरिएको मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र (आइसिडी- इम्प्लान्टेवल कार्डियोभेर्टर डेफिव्रिलेटर) ले सामान्य कार्य गरेको र यसको प्रभाव उनमा राम्रो परेको देखिएको अस्पतालले जनाएको छ।
 
नर्भिक अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा उनको स्वास्थ्य स्थिति सामान्य र सन्तोषप्रद रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएको उल्लेख छ।
 
'आज बिहान नियमित स्वास्थ्य परीक्षण गरिँदा जडित यन्त्रले राम्रो प्रभाव पारेको देखिएको छ', विज्ञप्तिमा अगाडि भनिएको छ, 'उहाँले हाल आराम (सञ्चो) महसुस गर्नुभएको, उहाँका सबै जीवनदायी सङ्केतहरू सामान्यतर्फ उन्मुख रहेको र उहाँको शरीरमा प्राणवायु (अक्सिजन) को मात्रा सामान्य रहेको पाइएको छ।'
 
अस्पतालका अनुसार उनलाई आज साँझसम्म चिकित्सकहरुको प्रत्यक्ष निगरानीमा कोरोनरी केयर युनिट (सिसीयु) मा राखिनेछ। सिसियुभित्रै उनले आज अपरान्ह सामान्य रुपमा हिँडडुल गरेको, सामान्य गतिविधिहरू गरेका थिए।
 
स्वास्थ्यमा हालकै गतिमा सुधार भइरहेमा भने आजै बेलुका वा भोलि बिहानसम्ममा हस्पिटलको प्राइभेट वार्डमा सार्न सकिने अस्पतालले जनाएको छ।
 
उनको घाउको पहिलो ड्रेसिङ्ग भोलि नै गरिने योजना छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell