PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

काठमाडौँ नजिक केन्द्र बनाएर ४.६ म्याग्निच्युडको भूकम्प



काठमाडौँ नजिक केन्द्र बनाएर ४.६ म्याग्निच्युडको भूकम्प
विगत एक महिनामा आएका भूकम्पका केन्द्र। स्रोत युएसजिएस

काठमाडौँ : बुधबार राति सवा १० बजे काठमाडौँका अधिकांश भागमा भूकम्पको धक्का महसूस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार काठमाडौँबाट २० किलोमिटर उत्तरपूर्व केन्द्र बनाई ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।

काठमाडौँ हल्लने गरी कम्पन नभएको धेरै दिन भइसकेको अवस्थामा राति गएको भूकम्पले सर्वसाधारणलाई त्रसित बनाइदिएको थियो। केही स्थानमा मानिसहरु घरबाहिरसमेत निस्किएका थिए। 


पहिलोपोस्टका पाठकहरुले दिएको जानकारी अनुसार काठमाडौँका नयाँ बानेश्वर, नयाँ बसपार्क, थानकोट, कलंकी, भक्तपुर, सानेपामा भूकम्पको धक्का महसूस गरिएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell