PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

माधव नेपालले संविधानमा सुझाव माग्दा ढुंगामुढा, दुई सर्वसाधारण घाइते



माधव नेपालले संविधानमा सुझाव माग्दा ढुंगामुढा, दुई सर्वसाधारण घाइते

रौतहट : सदरमुकाम गौरमा आयोजित पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपाल सहभागी संविधानको मस्यौदामाथि सुझाव सङ्कलन कार्यक्रममा नेपाल सङ्घीय सद्भावना पार्टीका कार्यकर्ताको समूहले आज बिहान ढुङ्गामुढा प्रहार गर्दा दुई जना सर्वसाधारण घाइते भएका छन्। 

नेता नेपालको निर्वाचन क्षेत्र रौतहट १ अन्तर्गत गौर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बाहिर भेला भएका सर्वसाधारणले समेत सहभागी हुन पाउनुपर्ने माग राख्दै गरेका बेला आक्रोशित समूहले ढुङ्गामुढा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

गौर नगरपालिकाको सभाहलमा बाहिर भीड बढ्दै गएपछि नेकपा (एमाले)का वरिष्ठ नेता एवम् सभासद् माधवकुमार नेपाललगायत सभासद्हरु वंशिधर मिश्र, रामकुमार भट्टराई ,सत्यानारायण भगत, मोहम्मद मुस्ताक आलमलाई प्रहरीले सुरक्षा घेराभित्र राखेकोथियो। 

बिहानैबाट तनाव सुरु भएपछि सुझाव सङ्कलन कार्यक्रम प्रभावित भएको थियो। 

यसैबीच नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथिको राय सुझाव सङ्कलन गर्ने कार्यमा हुनसक्ने सम्भावित घटनालाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए। 

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार जिल्लाभर कायम रहेका संविधानको मस्यौदामाथि छलफल र राय सुझाव सङ्कलन गर्ने स्थलमा भरपर्दाे सुरक्षा व्यवस्था मिलाइएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell