PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नेपालबारेको समाचार झुटो ठहरिएपछि सिएनएनले भन्यो- पत्रकारिता मस्तिष्कको शल्यक्रिया होइन



नेपालबारेको समाचार झुटो ठहरिएपछि सिएनएनले भन्यो- पत्रकारिता मस्तिष्कको शल्यक्रिया होइन
पत्रकार डा. सञ्जय गुप्ता।

काठमाडौं : नेपालमा भूकम्पका बेला रिपोर्टिङमा आएका सिएनएनका पत्रकार डा. सञ्जय गुप्ताले एक नेपाली बालिकाको अपरेसन गरेको समाचार तपाईँले पढ्नुभएको थियो? पढ्नुभएको थियो भने यो समाचारको विश्वसनीयतामा अहिले शंका उब्जिएको छ। 

ग्लोबल प्रेस इन्स्टिच्युटको अनुसन्धानले सिएनएनमा महत्वका साथ प्रसारित डा. गुप्ताको रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठाएको छ। आफ्ना 'सेलिब्रेटी' रिपोर्टरमाथि गलत रिपोर्ट दिएर दर्शकलाई झुक्याएको आरोप लागेपछि सिएनएनले छानबिन थालेको छ।

सिएनएनका प्रमुख स्वास्थ्य सम्वाददाता समेत रहेका डा. गुप्ता न्यरोसर्जन पनि हुन्। उनले नेपालको भूकम्पमा टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी ८ वर्षीया बालिकाको मस्तिस्कको शल्यक्रिया गरेको सिएनएनको दाबी थियो। त्यसपछि अन्तर्राष्ट्रिय मिडियामा यस विषयले ब्यापक कभरेज पाएको थियो। पत्रकारले शल्यक्रिया गरेको समाचारपछि मिडियाहरुमा पत्रकारको नैतिकताबारे पनि प्रश्न उठाइएको थियो। 

ग्लोबल प्रेस इन्स्टिच्युटले उपचारमा संलग्न चिकित्सक, घाइतेहरु तथा घाइतेका परिवारसँग गरेको कुराकानीपछि डा. गुप्ताले अर्कै १४ वर्षीय बालिकाको शल्यक्रियामा सघाएको र उनले दाबी गरेकी ८ वर्षीय बालिकालाई कुनै गम्भीर चोट नभएको सावजनिक गरेको छ।

ग्लोबल प्रेस इन्स्टिच्युटको रिपोर्ट अनुसार गुप्ताले ८ वर्षीय सलिना दाहालको अपरेसन गरेको नभइ १४ वर्षीय सन्ध्या चालिसेको शल्यक्रियामा सघाएका थिए। सिएनएनले सुरुमा सलिनालाई नै गुप्ताको बिरामी भनेको भएपनि पछि सच्याउने नाममा झन् गलत नाम दिएको थियो।

सन्ध्याको उपचारमा संलग्न वीर अस्पतालका वरिष्ठ न्युरोसर्जन डा. राजीव झाका अनुसार डा. गुप्ताले दाबी गरेजस्तो उनलाई अपरेसनमा सहयोगका लागि कसैले आग्रह गरेको थिएन। बरु अपरेसनमा आफूलाई पनि सहभागी गराउन गुप्ताले नै बारम्बार आग्रह गरिरहेका थिए।


‘उनले मलाई रिपोर्टरसँगै न्युरोसर्जन पनि भएकोले केही सहयोग चाहिएमा आफूलाई भन्न भनेका थिए। हामीसँग एउटामात्र अपरेसन थिएटर थियो र हामीसँग पर्याप्त जनशक्ति थियो’, वीर अस्पतालका वरिष्ठ न्युरोसर्जन डा. झाले गार्डियनसँग भनेका छन्, ‘केही घण्टापछि उनलाई अर्को केसमा सघाउन अनुमति दिइएको थियो।‘

अपरेसन थिएटरमा कुनै पनि क्यामेरा लैजान प्रतिबन्ध लगाइएको थियो। सिएनएनलाई पनि दिने कुरा भएन। तर जब सिएनएनमा भिडियो रिपोर्ट आयो, वीर अस्पतालका वरिष्ठ न्युरोसर्जन झा अचम्मित भए। ‘भिडियो खिच्न अनुमति लिइएको पनि थिएन र दिइएको पनि थिएन’, उनले भने।

सिएनएनको समाचार गलत भएको रिपोर्टपछि निकालेको विज्ञप्तिमा सिएनएनले भनेको छः  पत्रकारिता मस्तिष्कको शल्यक्रिया होइन। तर मस्तिष्कको शल्यक्रिया मस्तिष्कको शल्यक्रिया नै हो।



'हामी गर्व गर्छौँ कि भूकम्पको कभरेजका लागि नेपाल जाने केही पत्रकारमा सञ्जय पनि थिए। घाइतेको ज्यान जोगाउन उनीसँग सहयोग मागियो। हामीले उनले वीर अस्पतालमा शल्यक्रियाका क्रममा ‘असिस्ट’ गरेको रिपोर्ट गरेका थियौँ।  केही रिपोर्टहरुले हामीले भनेकी बालिका र अपरेसन भएकी बालिका फरक परेको भनेका छन्। हामी यसलाई भेरिफाइ गर्ने प्रयास गर्ने छौँ। र पनि सञ्जयले एक हप्ता नेपालमा रहँदा जीवन रक्षाका लागि सहयोग गरेका छन्। उनीप्रति हाम्रो पूर्ण र स्पष्ट समर्थन छ', ​सिएनएनले भनेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell