PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

एमाओवादी उपाध्यक्ष बोगटीलाई ह्रदयाघात, दायाँ भाग अझै चलेन



एमाओवादी उपाध्यक्ष बोगटीलाई ह्रदयाघात, दायाँ भाग अझै चलेन

काठमाडौं : बिहीबार राति हृदयाघात भएपछि शहिद गंगालाल हृदयरोग केन्द्र भर्ना भएका एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको शरीरको दायाँ भाग अझै चलेको छैन। केन्द्रको सीसीयू कक्षमा भर्ना गरिएका बोगटीको होश भने खुलेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

हृदयाघात भएपछि बिहीबार राति नौ बजे बोगटीलाई बाँसबारीस्थित गंगालाल हृदयकेन्द्र लगिएको थियो। उनको तत्कालै शल्यक्रियासमेत गरिएको थियो। उनको धमनीमा अवरोध भएकाले एन्जियोप्लाष्टी गरेको उनको परिवारिक स्रोतले बतायो। एन्जिओप्लाष्टी थुनिएको मुटुको धमनीलाई खोल्न प्रयोग गरिने प्रविधि हो। 

बोगटीको उपचार डा. यादव भट्टको टोलीले गरिरहेको छ। बोगटीको शिक्षण अस्पतालमा सिटी स्क्यान गरिएको छ। बोगटीलाई भेट्न शुक्रबार बिहान एमाओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायत अस्पतालमा पुगेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell