PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​मलेसियामा मोटरसाइकल दुर्घटनामा नेपालीको मृत्यु



​मलेसियामा मोटरसाइकल दुर्घटनामा नेपालीको मृत्यु

मलेसिया: मलेसियामा एक नेपालीको मोटरसाइकल दुर्घटनामा मृत्यू भएको छ। १२ वर्षदेखि मलेसियामा कार्यरत हरैचा ४ मोरङका गोपाल कोइरालाको दुर्घटनामा मृत्यु भएको हो।

शनिवार राती १२ बजे आफ्नै रेस्टुरेन्टबाट बजार जाने क्रममा उनी सवार मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएको थियो। भाइ योगेन्द्रका अनुसार दुर्घटनापछि तत्त्कालै अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो।

उनको शव पोस्टमार्टमका लागि सुल्तान अस्पताल जोहोरमा राखिएको छ। गोपाल जोहोर राज्यको बातुपाहतमा रहेको पिउड फर्निचर कम्पनीमा कार्यरत थिए। कम्पनीले भिसा नलगाइदिएपछि बिगत दुई वर्षदेखि उनी अबैधानिक रुपमा कार्यरत थिए।

उनले बातुपाहतमै न्यु हाम्रो रेस्टुरेन्ट र नमस्ते नेपाल रेस्टुरेन्ट सन्चालन गरेका थिए। गोपालकी श्रीमती, तीन छोरी र एक छोरा रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell