PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

​कविता- नारी



  • प्रतिभा पौडेल ‘एकता’-
त्यागिदिइन् घरपरिवार,
जन्मभूमि छोडिदिइन्
विवश भई सम्बन्धलाई,
अरुसँगै जोडिदिइन्।
 
झारी गइन् अश्रुधारा
दुख मान्दै रोई
अब उन्लाई मनाउने
आयो अरु कोही।
 
राखी गइन् मातापिता,
हृदयको माझमा
सम्झि कति तड्पिएलिन्
बिहान अनि साँझमा।
 
जन्मदेखि जोगाएको,
तन मन धन
सुम्पिदिन्छिन् अरुलाई नै
कलिलो त्यो पन।

पराइलाई आफ्नो ठानी,
गइन् डोली चढी
नयाँ घरका नयाँ पाना
बुझ्नु पर्ने पढी।

बनाउनु छ छुट्टै संसार,
भिन्नै परिवार
लिनु नै छ जिन्दगीका
अनगिन्ती भार।

-वनस्थली–१६,काठमाडौं



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell