PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

​पुबुदुको म्याद आउँदो पुससम्म थपियो



​पुबुदुको म्याद आउँदो पुससम्म थपियो

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दसानायकेको अवधी आउँदो पुससम्मका लागि थपेको छ।

आउँदो डिसेम्बर महिनाको ३१ तारेख अर्थात पुसको १६ गतेसम्मका दसानायके नेपाली क्रिकेट टोलीको प्रशिक्षक रहने गरी मंगलबार सम्झौता भएको हो। सम्झौतापत्रमा क्यान र दसानायके दुबै पक्षले मंगलबार नै हस्ताक्षर गरेका छन्।

यसअघिको सम्झौता एक हप्ताअघि सकिएको थियो। दसानायकेको प्रशिक्षणमा नेपाल अर्को महिना आयरल्याण्डमा हुने विश्व ट्वान्टी ट्वान्टी छनोट खेल खेल्नेछ। त्यसै प्रतियोगिताको तयारीका लागि नेपाली टोली मंगलबार इंगल्याण्डतर्फ जाँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell