PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

स्कुलले टहरा बनाउन नसक्दा असुरक्षित भवनमै पढाई



स्कुलले टहरा बनाउन नसक्दा असुरक्षित भवनमै पढाई
फाइल फोटो

मेलम्ची : सिन्धुपाल्चोकको स्याउले गाविसको सेतीदेवी उच्च माविको भवन  भूकम्पका कारण चिराचिरा परेको छ । तर विद्यालयले अस्थायी भवनको ब्यवस्था गर्न नसक्दा विद्यार्थीलाई  जोखिमयुक्त भवनमै राखेर पठन–पाठन गराइएको छ। 

जिल्ला शिक्षा कार्यालयबाट अस्थायी कक्षाकोठा निर्माणका लागि एक लाख ५० हजार प्राप्त भएपनि त्यति रकमले भग्नावशेष हटाइ नयाँ टहरो निर्माण गर्न अपर्याप्त भएको शिक्षक भिमसेन खड्काले बताए।  

अस्थायी टहरा निर्माणका लागि कुनै सङ्घसंस्था, राजनीतिक दल र समुदायको सहयोग पाउन नसकेको उनको भनाई छ। 

विद्यालय धराप भए पनि त्यहीँ पढ्नुपर्दा क्षणक्षणमै भूकम्पका त्रास सम्झँदा राम्रोसँग पढ्न नसकिएको विद्यार्थीले गुनासो गरेका छन् । 

विद्यालयले भग्नावशेष हटाउन र विद्यार्थीलाई शान्त वातावरणमा कसरी पठन–पाठन सुरु गर्न सकिन्छ भन्नेबारेमा पूर्व विद्यार्थी अभिभावकसँग छलफल गरेको छ। पूर्व विद्यार्थी र अभिभावकहरुको सहयोगमा विद्यार्थीलाई सुरक्षित ठाउँमा पढाइको ब्यवस्था मिलाउने शिक्षक खड्काले बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell