PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पुस्तकको पनि यस्तो क्रेज! सुविनको 'साया' विमोचनमा सयौँ युवायुवती ओइरिए



पुस्तकको पनि यस्तो क्रेज! सुविनको 'साया' विमोचनमा सयौँ युवायुवती ओइरिए

काठमाडौं : सुविन भट्टराईको 'समर लभ'को सिक्वेल 'साया' सार्वजनिक भएको छ। सोमबार काठमाडौंको प्रज्ञा भवन डबलीमा नायिकाद्वय केकी अधिकारी र गरिमा पन्तले पुस्तक सार्वजनिक गरेका हुन्।

संगीत कन्सर्टसहितको समारोह युवायुवतीले भरिभराउ देख्दा पुस्तकप्रति उनीहरुको गजबको क्रेज झल्किन्थ्यो। भट्टराईको यसअघिको 'समर लभ' लगभग २० हजार प्रति बिक्री भैसकेको छ। लेखक भट्टराईले 'समर लभ'मा रहेका केही जिज्ञासालाई 'साया'ले मेट्ने प्रयास गरेको बताए।

नायिका केकी अधिकारीले भट्टराईको उपन्यासले युवायुवतीको कथालाई प्रतिनिधित्व गरेकाले पनि उनको उपन्यास चर्चित भएको बताइन्। 'किताब पढ्दा हरेक युवायुवतीले आफूलाई कथाभित्र पाउँछन्,' केकीले भनिन्, 'भट्टराईका उपन्यास चलचित्र बन्न लायकका छन्।'

नायिका गरिमा पन्तले त अझ सुबिन भट्टराईजस्ता सर्जक नेपाली चलचित्र उद्योगमा आउनु पर्ने बताइन्। आफूसँग केही मान्छेले भट्टराईको कृतिमाथि चलचित्र बनाउने बारे चर्चा गरेको बताउँदै उनले भनिन्, 'कथा सरल बगेका छन्। भट्टराईका कथाले युवाको प्रतिनिधित्व गरेका छन्।'

लेखक भट्टराईले आफू 'साया'का बारेमा पाठकमा रहेको उत्साहित बनाएको बताए। 

त्यस्तै प्रकाशक अजित बरालले 'समर लभ'को अन्त्यले नै सिक्वेलका लागि ठाउँ राखेको बताए। समर लभका पाठकहरुले यसको दोस्रो भागको बारेमा हजारौं प्रश्न गरेपछि सिक्वेल निकाल्न उत्साहित भएको उनले बताएका छन्।  


लोकप्रिय एफएम कार्यक्रम 'यो माया भन्ने चिज यस्तै हो'की सञ्चालिका सबिना कार्कीसित अटोग्राफ माग्दै भिड। विमोचन कार्यक्रममा कार्कीले उद्‍घोषण गरेकी थिइन्। 




















 
सायाका बारे के भन्छन् त भट्टराई




भिडियो हेर्नुस्
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell