PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

निशाको प्रेममा शरद्‍ 'क्लिन बोल्ड'!



निशाको प्रेममा शरद्‍ 'क्लिन बोल्ड'!

पहिलोपोस्ट-
काठमाडौँ : नायिका निशा अधिकारीले अन्ततः क्रिकेट स्टार शरद् भेषावकरसितको प्रेम सार्वजनिक गरेकी छिन्। 

शरद् र निशा यसअघि धेरै पटक सार्वजनिक रुपमा सँगै देखिए पनि एकअर्काका विषयमा उनीहरुले मुख खोलेका थिएनन्। खेल पत्रकारहरुले  सोध्दा शरद् भन्ने गर्थे, 'यो मेरो पर्सनल मामला हो। यसलाई पर्सनल नै रहन दिनुस्।'

तर निशाले सोमबार अपराह्न फेसबुकमा शरद्‍सँगै बसेको फोटो राख्दै अङ्ग्रेजीमा लेखेकी छिन्- 'सर्वव्यापक प्रेम र हेर्नुस् मेरो भागमा परेको (माया)।'

राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद् भर्खरै अमेरिकाको स्थानीय प्रतियोगितामा खेलेर फर्केका हुन्। अहिले उनी एसियाडको लागि तयारीमा छन्। 

बालाजु नजिकैबाट अपलोड गरिएको निशाको स्टायटसमा जोडी म्याचिङ पहिरनमा छन्। शरद् ब्ल्याक एन्ड ह्वाइट चेक सर्टमा सजिँदै मुस्कुराइरहेका छन् भने निशा पनि म्याचिङ स्लिभलेस टपमा मख्ख छिन्।

'सुपर क्युट जोडी, पर्फेक्ट जोडी,' निशाको स्टायटसलाई फेसबुके साथीहरुले खुब सहराएका छन्। बधाई दिनेहरुमा सेलिब्रिटीहरु पनि पछि परेका छैनन्। ब्याङ्कर रवीना देशराज श्रेष्ठ लेख्छिन्, 'बधाई, सँधै प्रेममा रहिरहनू!'

निवेश निश्चलले लेखेका छन्, कोहली र अनुस्काको जोडीलाई माथ गर्ला जस्तो छ। भविन श्रेष्ठ सोध्छन्, बिहे चाहिँ कहिले हो नि? टङ्क खतिवडाले भाउजु सम्बोधन गर्दै एकदम मिलेको जोडी भन्दै प्रशंसा गरेका छन्। 

दुई घण्टामा उनको फेसबुक स्टायटसमा ६ सयभन्दा बढी लाइक आएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell