PahiloPost

Aug 28, 2026 | १२ भदौ २०८३

नेत्र तिमिल्सिनाको गजलः आगो



नेत्र तिमिल्सिनाको गजलः आगो

  • नेत्र तिमिल्सिना
जोगाउनु छ आगो जलोस् जे जल्छ सरोकार किन?
चल्न देऊ जे चल्दैछ साँचो झूठोको आधार किन?

सक्नेकै बाहुबलमा छ,पाप वा पूण्य सबथोक यहाँ
कोही लुटियोस् वा मारियोस निर्बल हारगुहार किन?

किर्नाहरु खाएकै छन् रगत र ढाडिएकै छन् डम्म
कोही भोकै परुन कि पखालाले मरुन दरकार किन?

सर्वहाराका अगुवा महलमा बस्छन् साथी तिम्रोमा
छोड यस्ता निरीह प्रश्न, राजाविनाको दरबार किन?

खरानीकै लेप लगाउँला बरु जलेछ सबथोक भने
दन्किन नपाउँदै आगो पानी छर्केर उपकार किन? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell