PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मन्त्री मिनेन्द्र रिजाललाई फूर्सद भएपछि..



मन्त्री मिनेन्द्र रिजाललाई फूर्सद भएपछि..

अंगद ढकाल-
काठमाडौँ : मिनेन्द्र रिजाल सरकारका प्रवक्ता हुन्। उनले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन्। एक वर्षभित्र संविधान निर्माण गर्ने डेडलाइन सकिन लागेको छ, सरकारको प्रवक्ता भएकोले व्यस्तता अझ बढेको होला। मन्त्रालयका कामहरु पनि प्रशस्त होलान्। धेरैलाई यस्तो लाग्न सक्छ।

तर आइतबार उनी एउटा विदेशी कम्पनीले नेपालमा खोलेको सो रुमको उद्घाटनको अवसरमा लड्डु खाँदै गरेको भेटिए।

सो रुमको उद्‌घाटन र सञ्चार मन्त्रीको के सम्बन्ध त ?

सो रुममा मोबाइल पनि छ। मोबाइल सञ्चारको साधन। अनि त सञ्चार मन्त्रीसित सोझै सम्बन्ध गाँसिहालियो नि!


कलर्स मोबाइल एन्ड सोलुसनले राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा आफ्नो उत्पादनहरुको सो रुम कलर्स वर्ल्ड खोलेको हो। सो रुम उद्‌घाटन गर्न आयोजकहरुले सञ्चार मन्त्रीलाई नै डाक्न आवश्यक ठाने। सञ्चार मन्त्री पनि निजामति कर्मचारी दिवस भएर फूर्सदमा थिए कि, गइदिए। 


मन्त्री नै अतिथि भएपछि तामझाम पनि ठूलै थियो। 


मन्त्रीको स्वागतका लागि पुष्पगुच्छा र रिबन काट्नका लागि कैँची बोकेर कर्मचारीहरु तम्तयार थिए। 


मन्त्री आइपुगे। उनको स्वागतका लागि पञ्चकन्या र खादा तयार थियो। 


पुष्पगुच्छा र खादा लगाएर स्वागत गरियो मन्त्रीलाई। 


परम्परा अनुसार पानसमा दियो बाले मन्त्रीले। 


हावा चल्ने ठाउँमा दियो बाल्न गाह्रै हुन्छ। मन्त्री आफैले हातले छेकेर लाइटर बालेर दियो जलाए।


अब पालो रिबन काट्ने। मन्त्रीले रिबन काटेपछि ताली बज्यो। 


अब सो रुम भ्रमण। सञ्चार मन्त्रीलाई मोबाइल देखाउँदै। 


सो रुममा मोबाइल मात्र हैन, रेफ्रिजेरेटर, आइरन, एलइडी टिभी, भ्याकुम क्लिनर लगायतका सामानहरु राखिएका छन्।


अब जलपान गरौँ होला।  पहिले जल। 


अनि जुस। 


मन्त्रीले चिया रोजे। 


सो रुम यसरी सजाइएको थियो। 


मन्त्री खुसी, व्यापारी खुसी। फूर्सदको सही उपयोग !


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell