A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.69953bf4287632.12286665): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.69953bf4287632.12286665,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

एमाले अध्यक्ष ओली एक साताका लागि थाइल्यान्ड जाँदै
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

एमाले अध्यक्ष ओली एक साताका लागि थाइल्यान्ड जाँदै



एमाले अध्यक्ष ओली एक साताका लागि थाइल्यान्ड जाँदै

काठमाडौँ : एमाले अध्यक्ष केपी ओली बुधबारदेखि एक साताका लागि नियमित स्वास्थ्य परीक्षणका थाइल्यान्ड जाने भएका छन्।

थाइल्यान्ड भ्रमणको पूर्वसन्ध्यामा मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठकले 
चार प्रमुख दलबीच भएको सहमतिले राष्ट्रिय राजनीतिलाई सकारात्मक बनाउनुका साथैै संविधान निर्माण सुनिश्चित गराएको ठहर गरेको छ। 

पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा मंगलबार बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गत जेठ २५ मा भएको सो सहमतिबारे जानकारी गराउँदै पार्टीको सम्पूर्ण शक्ति संविधान निर्माणमा केन्द्रित हुने र यही असारभित्रै लोकतान्त्रिक संविधान जारी गराउन सक्रियता अपनाउन संविधानसभाको मस्यौदा समितिमा रहेका आफ्ना सदस्यलाई निर्देशित गरेको छ। 

अध्यक्ष ओलीले सहमतिमा असहमत केही दललाई सहमतिमा ल्याउन अधिकतम् प्रयास गरिने, अन्यथा प्रक्रियाबाट संविधान जारी हुने जनाउँदै त्यसपछि राष्ट्रिय सहमतिको सरकार गठन र विपत्तिपछिको पुनःनिर्माणमा मुलुक होमिने बैठकलाई जानकारी गराउनुभएको पार्टीका सचिव प्रदीप ज्ञवालीले पत्रकारलाई बताए। 

बैठकले पार्टीका सल्लाहकार परिषदमा नवौँ महाधिवेशन अघिका कार्यकालका केन्द्रीय सदस्य रहेका भरतमोहन अधिकारीलगायत ३३ नेतालाई चयन गरेको छ। परिषद्को सभापति सदस्यमध्येबाट परिषद्को बैठकले छान्नेछ । 

यस्तै विभिन्न अञ्चल कमिटी, केन्द्रीय विभाग र राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य मनोनयनका लागि पार्टीको सङ्गठन विभागले तयार पारेको नियमावली संशोधनको मस्यौदा अध्ययन गरी अर्काे बैठकमा प्रस्तुत गर्ने निर्णय भएको ज्ञवालीले बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell