PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

गरिमा र आर्यन सर्वोत्कृष्ट, झोलाले जित्यो सर्वोत्कृष्ट फिल्म अवार्ड



गरिमा र आर्यन सर्वोत्कृष्ट, झोलाले जित्यो सर्वोत्कृष्ट फिल्म अवार्ड

काठमाडौँ :  झोलाकी नायिका गरिमा पन्त र महसूसका नायक आर्यन सिग्देलले राष्ट्रिय फिल्म अवार्ड २०७०  मा सर्वोत्कृष्ट अभिनेत्री र अभिनेताको अवार्ड जितेका छन्।

उत्कृष्ट अभिनेत्री गरिमा पन्त। 


उत्कृष्ट अभिनेता आर्यन सिग्देल।


त्यसैगरी सर्वोत्कृष्ट फिल्म र निर्देशकको अवार्ड पनि झोलाले नै प्राप्त गर्‍यो। 

नवनायक र नवनायिकामा मञ्जरीकी सुजाता कोइराला र गौरव पहाडीले अवार्ड हात पारे।

लक्ष्मी गिरीले झोलाको अभिनयका लागि सहअभिनेत्री र राजनीतिका लागि रमेश बूढाथोकीले सहअभिनेताको अवार्ड जिते।

नाइँ नभन्नु ल २ ले सर्वोत्कृष्ट व्यवसायिक फिल्म र मोक्षले सर्वोत्कृष्ट जुरीको अवार्ड पायो।

नाइँ नभन्नु ल २ को यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ गीतका लागि किशोर गायक प्रेम परियारले राष्ट्रिय फिल्म अवार्ड २०७० मा उत्कृष्ट पार्श्व गायनको अवार्ड जितेका छन्। यसै गीतमा संगीत भर्ने वसन्त सापकोटाले उत्कृष्ट संगीतकारको अवार्ड पाएका छन्।  


दिवंगत नायक श्रीकृष्ण श्रेष्ठलाई कार्यक्रममा श्रद्धाञ्जलि दिइएको थियो। 


दीलिप रायमाझी र सुश्मा कार्की। 






नायिका सुश्मा कार्की। 


करिश्मा मानन्धर। 


रमेश उप्रेति र करिश्मा मानन्धर। 






नन्दिता केसी। 


करिश्मा मानन्धर।

झरना थापा पति सुनीलकुमार थापासित।



​प्रियङ्का कार्की। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell