PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

३१ वर्षीया नेपाली युवतीको अमेरिकामा गोली हानी हत्या



३१ वर्षीया नेपाली युवतीको अमेरिकामा गोली हानी हत्या
फोटो : wfaa.com

काठमाडौँ : अमेरिकाको टेक्ससस्थित द कोलोनीमा रहेको एउटा पसलमा एक नेपाली मूलकी युवतीको गोली हानी हत्या गरिएको छ। ३१ वर्षीया समिरा शिवाकोटीको हत्या गर्नेबारे जानकारी दिनेलाई स्थानीय प्रहरीले १० हजार डलर पुरस्कारको घोषणा गरेको छ। 

फक्सन्युजका अनुसार अमेरिकी समय अनुसार बुधबार बिहान ११ बजे र्‍यापिडो कन्भेनियन्स स्टोरमा पसेको व्यक्तिले ९० सेकेन्डभित्रै त्यहाँको रकम लुटी समिरालाई निर्ममतापूर्वक गोली हानेका थिए। समिराले लुटेराको कुनै प्रतिकार नगरेको भए पनि लुटेराले गोली हानेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्।

फोटोः फक्स न्युज
समिरा छ महिना र दुई वर्षका दुई सन्तानकी आमा  र सोही पसलका मालिकनवराज शिवाकोटीकी पत्नी रहेको समाचारमा जनाइएको छ। नेपालमा उनीहरुको घर कहाँ हो भन्ने बारे थाहा हुन सकेको छैन। 


घटना भएको पसल नजिकैको एउटा अर्को टायर पसलको सर्भिलियन्स क्यामेरामा शंकास्पद लुटेराको भिडियो कैद भएको छ। त्यसमा टाउकोमा रुमाल बाँधेको एउटा केटा शान्त रुपमा बाहिर निस्कँदै गरेको देखिन्छन्। उसले केही सय डलर पसलबाट लुटेको हुनसक्ने शंका गरिएको छ। 

प्रहरीले २५ देखि ३५ वर्षका काला जातिका एक पुरुषको खोजी गरिरहेको छ।  

'निर्मम हत्या'

लुटेराले समिराको अनुहारमै एउटा गोली हानेको प्रहरीले बताएको छ। कोलोनी पुलिसका डेरिन ब्रोकवेले फक्सन्युजलाई भनेका छन्, '२५ वर्षदेखि प्रहरीमा छु तर सिसिटिभीमा कैद भएको अहिलेसम्मकै निर्मम हत्यामध्ये एक म देखिरहेको छु।'

समिराले कुनै प्रतिकार नगरेकी भए पनि उनलाई सिधै गोली हानिएकोले पनि लुटेराले क्रुरताको हद नाघेको प्रष्ट हुन्छ।  




सिसिटिभीमा देखिएका संभावित हत्यारा




समिराको परिवार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell