PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

विश्वकप क्रिकेट: न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा



पहिलोपोस्ट

विश्वकप क्रिकेट: न्यूजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा

लिग चरणको अन्तिम खेलमा न्यूजिल्याण्डलाई ११९ रनले पराजित गर्दै घरेलु टोली इंग्ल्याण्ड आइसीसी विश्वकप क्रिकेट २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ।

९ मध्ये ६ खेल जितेको इंग्लयाण्ड १२ अंक जोड्दै तेस्रो भएको हो। इंग्ल्याण्ड सेमिफाइनल पुग्ने पनि तेस्रो टोली बनेको छ। यसअघि नै साविक विजेता अष्ट्रेलिया र भारत सेमिफाइनल पुगिसकेका छन्। अष्ट्रेलिया १४ अंकसहित पहिलो र १३ अंक जोडेको भारत दोस्रो स्थानमा छ। दुवैले एक-एक खेल खेल्न बाँकी छ।

उता सुरुवाती ६ खेलमा अपराजित रहेको न्यूजिल्याण्डले भने पछिल्लो तीन खेलमा लगातार हार बेहोरेको छ। न्यूजिल्याण्डको ९ खेलबाट ११ अंक छ र चौथो स्थानमा छ। उसले सेमिफाइनलमा स्थान पक्का गर्न पाकिस्तान र बंगलादेशबीचको खेल कुर्नुपर्नेछ। पाकिस्तान पराजित भएमा न्यूजिल्याण्ड चौथो स्थानमा रहेर सेमिफाइनल पुग्नेछन।

पाकिस्तानले बंगलादेशलाई ठूलो अन्तरमा पराजित गरेमा मात्र न्यूजिल्याण्डलाई पछि पार्दै सेमिफाइनल पुग्नेछ।

जोनी बेयर्स्टोको शतकमा इंग्ल्याण्डको सहज जित

चेस्टर ले स्ट्रिटमा ओपनर जोनी बेयरस्टोवले लगातार दोस्रो खेलमा शतक प्रहार गरेपछि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन बनाएको थियो। बेयरस्टोले ९९ बल खेल्दै १५ चौका र १ छक्काको मद्दतमा १०६ रन बनाए।

यस्तै ज्यासन रोएले ६० र इओन मोर्गनले ४२ रन जोडे। न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट, म्याट हेनरि र जेम्स निसमले २-२ विकेट लिए।

३०६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ४५ ओभर खेल्दै १८६ रनमा अलआउट भयो। उसका लागि टम लाथनले सर्वाधिक ५७ रन बनाए।
इंग्ल्याण्डका लागि मार्क उडले ३ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell