PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओडिआई स्ट्याटस पाएपछि चुनौती थपिएको छ : प्रशिक्षक टमाटा



गोविन्दराज नेपाल

ओडिआई स्ट्याटस पाएपछि चुनौती थपिएको छ : प्रशिक्षक टमाटा

काठमाडौं : जिम्बावेमा क्रिकेट वर्ल्डकप क्वालिफायर खेल्दै एसोसिएटमा उत्कृष्ट तीनमा पर्न सफल हुँदै पहिलो पटक वान डे इन्ट्नेशनल ओडिआई मान्यता पाएको नेपाली क्रिकेट टोली सोमवार स्वदेश पर्किएको छ। कप्तान पारस खड्का लगायत खेलाडी प्रशिक्षक जगत टमाटा लगायत अफिसियलहरु सबैले ऐतिहासिक उपलब्धी हात पारेकोमा खुशी व्यक्त गरे र सबैलाई धन्यवाद दिए।

तर प्रशिक्षक जगत टमाटाले खुशी हुनुका साथै अब झन् चुनौती थपिएको र गर्नुपर्ने काम धेरै रहेको प्रतिक्रिया दिए।

सुरुमै टमाटाले खेलाडी, फ्यान, मिडिया सरकार सबैलाई धन्यावाद भन्दै बधाई दिए। 'हामी सबैजना एकदमै खुशी छौँ। पहिलो पटक ओडिआई स्टयाटस हात पारेका छौँ। सबैलाई बधाई छ।'

अनी उनले अब चुनौतची थपिएको कुरा सिधै भने। 'अब ओडिआई स्ट्याटसलाई कसरी बचाउने भन्ने प्रश्न छ।'

'हामीले ४ वर्षका लागि ओडिआई स्ट्याटस पाएका छौँ। तर अब ४ वर्ष कसरी चलाउने?' उनले प्रश्न राखे। 'यसअघि टी-२० स्ट्याटस पनि पाएकै हौँ। त्यसबेला हामीले के गर्‍यौँ त?'

उनले अब ओडिआई स्ट्याटस पाइसकेपछि धेरै काम गर्नुपर्ने बताए। 'अब यही तरिकाले हो भने केही हुँदैन। सबैभन्दा मुख्य कुरा भनेको क्रिकेट बोर्ड वा क्रिकेट एसोसिएसन हुनुपर्‍यो। ४ वर्षको नयाँ योजना हुनुपर्‍यो। ५० ओभर टु डे, फोर डे क्रिकेट हुनुपर्‍यो। त्यो भयो भने चाँही नेपाली क्रिकेट राम्रोसँग चल्छ। इन्फ्रास्टक्चर बनुनपर्‍यो।' टमाटाले भने, ' तरयही कन्डिसन रह्यो भने ४ वर्षमा २/३ वटा म्याच खेल्छौँ अरु केही हुँदैन।'

क्वालिफायरमा सुरुको ३ गेम हारेको नेपालले समूह चरणको अन्तिम खेल तथा पिएनजी विरुद्ध प्लेअफ जित्दै ओडिआई स्ट्याटस पक्का गरेको थियो। प्रशिक्षक टमाटाले सुरुको गेम हारेपनि त्यसपछि खेल जित्नेमा कन्फिडेन्ट रहेको र सोही अनुसार खेल जितेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell