PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

युएस बंगला विमान दुर्घटना : २३ बंगलादेशीको शव यसरी लगियो, हेर्नुस् फोटोमा

युएस बंगला विमान दुर्घटना : २३ बंगलादेशीको शव यसरी लगियो, हेर्नुस् फोटोमा

सागर बुढाथोकी/पहिलोपोस्ट


काठमाडौं : युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका २३ बंगलादेशीको शव आज बंगलादेश लगिएको छ। आज दिउँसो साढे १ बजे बंगलादेशी सेनाको विमानले उनीहरुको शव लगेको हो। तीन बंगलादेशीको शव सनाखत हुन सकेको छैन। ती शव त्रिवि शिक्षण अस्पतालमै छ।

सोमबार बंगलादेशबाट काठमाडौं आउँदै गरेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त हुँदा २६ ब‌ंगलादेशीको मृत्यु भएको थियो। उक्त दुर्घटनामा परी चीनका एक, माल्दिभ्सका एक र २१ नेपालीको मृत्यु भएको थियो। विमानमा चालक दलका चार सदस्यसहित ७१ यात्रु सवार थिए।


ट्रेन्डिङ पोस्ट

Ncell