PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भ्रष्टाचार नियन्त्रणमा लाग्न मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखलाई प्रधान मन्त्री ओलीको निर्देशन



पहिलोपोस्ट

भ्रष्टाचार नियन्त्रणमा लाग्न मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखलाई प्रधान मन्त्री ओलीको निर्देशन

काठमाडौं : प्रधान मन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्का सदस्य, सरकारका सचिव र सुरक्षा निकायका प्रमुखहरुलाई सम्पूर्ण शक्ति लगाएर काम गर्न निर्देशन दिएका छन्।

प्रधान मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा प्रधान मन्त्री ओली अभूतपुर्व जिम्मेवारी पूरा गर्ने समय भएको उल्लेख गर्दै सबैलाई थोपाथोपा शक्ति बटुलेर काम गर्न निर्देशन दिएका हुन्।

'प्रधान मन्त्री ओलीले अहिलेको टिम सामान्य अवस्थाभन्दा भिन्न भएकाले ऐतिहासिक जिम्मेवारी पूरा  समयको एक एक पल, स्रोतको एक एक थोपा र अाफ्नो शक्तिको एक एक बुँदा खर्च गरेर काम गर्न निर्देशन दिनुभयो,' परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने।

प्रधान मन्त्रीले २०३० सम्ममा दिगो विकास लक्ष्य र संविधानमा उल्लेख मौलिक हक पूरा गराउनका साथै भ्रष्टाचार नियन्त्रणमा लाग्न मन्त्री, सचिवहरुलाई निर्देशन दिएका छन्। त्यसैगरी ओलीले शान्ति सुरक्षा कायम गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्।

'वर्तमान सरकार असामान्य अवस्थामा बनेको असमान्य सरकार भएकोले समृद्धि र विकासका लागि जनताको अपेक्षा अनुरूप काम गर्न प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ,' परराष्ट्र मन्त्री ज्ञवालीले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell