PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मेलम्ची सुरुङमार्गको काम रोकेको रोक्यै: ठेकेदारले ब्ल्याकमेलिङ गरेको मन्त्रालयको आरोप



दिनेश खड्का

मेलम्ची सुरुङमार्गको काम रोकेको रोक्यै: ठेकेदारले ब्ल्याकमेलिङ गरेको मन्त्रालयको आरोप

काठमाडौं: मेलम्ची खानेपानी आयोजनामा काम गरिरहेको मुख्य ठेकेदार कम्पनी सिएमसी दि रिभेन्नाले काम रोकेको छ।

गत शुक्रबार देखि नै काम रोकेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। विभिन्न वहानामा कम्पनीले काम रोकेको यो छैठौं पटक हो।अहिले कम्पनीले काम गरेवापतको रकम सरकारले नदिएको भन्दै काम रोकेको हो। ।आयोजना निर्माणको अन्तिम चरणमा आएपछि कम्पनीले विभिन्न बहाना बनाउँदै निर्माण कार्यलार्इ प्रभावित बनाउन खोजेको देखिएको छ। सरकारले कम्पनीले काम गरे वापतको रकम दिइसकेको दाबी गर्दै आएको छ।

करिव दुर्इ साताअघि सिएमसीले काम गरेको तीन महिनासम्म पनि पैसा नदिएको भन्दै कामदारहरुले छ दिनसम्म काम रोकेका थिए। कम्पनीले एक महिनाको पैसा दिएर केही दिनभित्रै बाँकी पैसा निकासा गरिदिने आश्वासन दिएपछि कामदारहरुले पुन:काममा फर्किएका थिए। त्यसको दुर्इ साता नवित्दै ठेकेदार कम्पनीले नेपाल सरकारसँग पैसा माग्दै तीन देखि काम ठप्प पारेको छ। आयोजनाको काम अन्तिम चरणमा पुगेका बेला मुख्य ठेकेदार कम्पनीले काम रोकेसँगै मेलम्चीको पानी काठमाडौ ल्याउने मिति पछि धकेलिनेछ। पन्तका अनुसार सिएमसीले काम गरेवापत पाउनुपर्ने रकम मासिक रुपमा निकासा हुने गरिरहेको र पछिल्लो महिनाको पाउनुपर्ने १० करोड रुपैया निकासा भइसकेको छ।

खानेपानी मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सिएमसीले काम अन्तिम चरणमा पुगेका वेला सरकारलार्इ ‘ब्ल्याक मेल’गर्दै काम रोकेको हो। ती अधिकारीले भने- ‘हामी काम नरोकियोस् भन्नेमा छौ,तर ठेकेदार कम्पनीले काम अन्तिम चरणमा पुगेका वेला यसो गर्दे र उसो गर्दे भन्दै व्ल्याक मेल गर्दै काम रोकेको छ।ती अधिकारीका अनुसार सिएमसीले १ अर्ब ३० करोड रुपैयाँ लगिसकेको छ।

 मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गको ग्याल्थुम-सिन्धुखण्डमा १ सय ४० मिटर र ग्याल्थुम अडिटको जङसनमा करिव ५० मिटर गरी  सुरुङमार्गको  १९० मिटर सुरुङमार्ग खन्न बाँकी नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell