PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बहालवाला उपराष्ट्रपति पुनले गरे उपराष्ट्रपति पदमा मनोनयन दर्ता



बहालवाला उपराष्ट्रपति पुनले गरे उपराष्ट्रपति पदमा मनोनयन दर्ता

काठमाडौँ : बहालवाला उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ'ले अाज अपरान्ह ११:४० बजे उपराष्ट्रपतिका लागि उम्मेदवारीको मनोनयन दर्ता गरेका छन्।

राष्ट्रपतिमा वाम गठबन्धनले विद्यादेवी भण्डारीलाई दोहोर्‍याएपछि उपराष्ट्रपतिमा पनि पुनलाई नै दोहोर्‍याउन लागेको हो। 

पुनका प्रस्तावकहरुमा सुवासचन्द्र नेम्वाङ, पम्फा भुषाल, भानुभक्त ढकाल, रेखा शर्मा र परशुराम मेघि गुरुङ रहेका छन् भने समर्थकहरुमा
देवप्रसाद गुरुङ, अोनसरी घर्ती, जयपुरी घर्तीमगर, रामनारायण विडारी र राजेन्द्रप्रसाद गौतम रहेका छन्। 

निर्वाचन कार्यतालिका अनुसार आजै उम्मेदवारमाथि दावी विरोध र उजुरी दिइने छ। यस्तै आइतबार उजुरीमाथि जाँझबुझ गर्ने, उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते हुनेछ।

कांग्रेसले उम्मेदवार तय गरेन
नेपाली कांग्रेसमा उपराष्ट्रपतिमा उम्मेदवारी दिनेबारे अन्योल देखिएको छ। राष्ट्रपति र उपसभामुखमा उम्मेदवारी दिएको कांग्रेसले उपराष्ट्रपति चयनका लागि कुनै बैठक नडाकेकाले पनि उम्मेदवारी हुने नहुनेबारे कांग्रेस अन्योलमा रहेको एक नेताले बताए।

उम्मेदवारी दर्ताको लागि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell