PahiloPost

Jun 15, 2026 | १ असार २०८३

यस्तो छ गुन्डा नाइकेका रुपमा बदनाम कांग्रेस नेता गणेश लामा पक्राउ पर्दा बरामद भएको पेस्तोल र गोली



सविन ढकाल

यस्तो छ गुन्डा नाइकेका रुपमा बदनाम कांग्रेस नेता गणेश लामा पक्राउ पर्दा बरामद भएको पेस्तोल र गोली

काठमाडौँ : राजधानीको गौशालाबाट प्रहरीले गुन्डा नाइकेका रुपमा बदनाम कांग्रेस नेता गणेश लामालाई पक्राउ गरेको छ।
 
उनलाई ६ राउन्ड गोली र चाइनिज पेस्तोलसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी मोहन थापाले बताए। लामालाई अहिले गौशाला चौकीमा राखिएको छ। 

प्रहरीका अनुसार गौशालाको एउटा होटलमा बुधबार राति गोली चलेको थियो। 

गोली चलेपछि पुगेको प्रहरीले हतियारसहित उनलाई पक्राउ गरेको हो। पेस्तोल आफ्नो नभएर आफूलाई तर्साउन आएका केटाहरुको खोसेर राखेको लामाले बताउँदै आएको एसएसपी विश्वराज पोख्रेलले बताए ।

विजय गच्छदारको पार्टी लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य रहेका लामा पार्टी कांग्रेसमा विलय भएसँगै रुख चिह्न लिएर प्रदेश सभाको चुनावी मैदानमा उत्रेका थिए। 

काभ्रेको क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा लामा नेकपा एमालेका चन्द्र लामासँग पराजित भएका थिए।

अकूत सम्पत्ति कमाएको अभियोगमा जेलमा रहेका लामा दोस्रो संविधानसभा निर्वाचनमा उम्मेद्‍वारी दिएको भोलिपल्टै ३ करोड रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए। मुद्दा विशेष अदालतमा अझै जारी छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell