PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

तिलोत्तमा गोल्डकप : गोलकिपर रोशनले तीन पेनाल्टी रोकेपछि पुलिस फाइनलमा, रुपन्देही-११ बाहिरियो



पहिलोपोस्ट

तिलोत्तमा गोल्डकप : गोलकिपर रोशनले तीन पेनाल्टी रोकेपछि पुलिस फाइनलमा, रुपन्देही-११ बाहिरियो

रुपन्देही : आयोजक लाली रुपन्देही-११ लाई पेनाल्टी सुटआउटमा ४-३ले हराउँदै नेपाल पुलिस क्लब २०औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

गोलकिपर रोशन खड्काको उच्च प्रदर्शन गर्दै ३ पेनाल्टी रोकेपछि बुधवारको पहिलो सेमिफाइनलमा पुलिसले जित हात पारेको हो। पेनाल्टीसुटबउटमा पुलिसका रेजिन सुब्बाले विजयी गोल गरे।

शनिबार हुने फाइनलमा पुलिसले रुस्लान थ्री स्टार क्लब र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लबबीद्वको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

देविनरस्थित एन्फा टेक्निकल सेन्टरमा निर्धारित ९० मिनेटको गोल गोलरहित बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा धलेकिएको थियो।

पेनाल्टीसुटआउटमा पुलिसका गोलकिपर रोशनले विपक्षीका तीन वटा पेनाल्टी रोक्दै पुलिसलाई उपाधि नजिक पुर्‍याए। पुसिका लागि अन्तिमा पेनाल्टी प्रहार गरेका रेजिन गोल गर्न सफल भए भने रुपन्देहीबाट खेलेका झापा ११ का कर्ण लिम्बु गोल गर्न असफल भए।

टाइब्रेकरमा पुलिसका लागि सुमन लामा, निरकुमार राई र भोला सिलवालले गोल गरे। पुलिसबाट तेस्रोमा पेनाल्टी हानेका अजित भण्डारीको प्रहारलाई रुपन्देहीका गोलकिपर सोजित गुरुङले रोके भने चौथो प्रहार गरेका दीनेश राजवंशीको प्रहार बाहिरियो।

उता रुपन्देहीका मनीष घले, छिरिङ गुरुङ र निशान लिम्बुले गोल गरे। रुपन्देहीका लागि तेस्रोमा पेनाल्टी हानेका विश्व अधिकारी, चौथोमा हानेका निशान लिम्बु र कर्णको प्रहारलाई पुलिसका गोलकिपर रोशनले बचाएका थिए।

निर्धारित समयको ६७औं मिनेटमा पूर्णबहादुर श्रेष्ठको पासमा कर्णले गोल गर्न नसक्नु रुपन्देहीका लागि महँगो साविक भयो।

पुलिसका गोलकिपर रोशन खेलको म्यान अफ दी म्याच घोषित भए। रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले उपाधिसहित ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell