PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विमान दुर्घटनापछि एटीसीमा कार्यरत ६ कर्मचारीको सरुवा, किन सरुवामा परे कर्मचारी?



पहिलोपोस्ट

विमान दुर्घटनापछि एटीसीमा कार्यरत ६ कर्मचारीको सरुवा, किन सरुवामा परे कर्मचारी?

काठमाडौंः युएस बंगला एयरको विमान दुर्घटनाका बेलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल टावर एटीसीमा कार्यरत रहेका ६ जना कर्मचारीलार्इ अर्को विभागमा सरुवा गरिएको छ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटना भएपछि एटीसीका कर्मचारी ‘सक्ड’ हुने भएकाले अन्य विभागमा सारिएको जनाएको छ।

‘एटीसीका अधिकारीले आफ्नो आँखै अगाडि त्यति ठूलो दुर्घटना देखे। उनीहरु सक्ड हुनसक्ने भएकाले हामीले अन्य विभागमा सारेका हौं’ प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भने।

पोखरेलका अनुसार यो कुनै पनि विमान दुर्घटना हुँदा गरिने सामान्य प्रक्रिया हो। स्ट्रेस घटाउनका लागि हामीले उनीहरुलार्इ सारेका हौं। उनले विमानको ककपिट र टावर -एयर ट्राफिक कन्ट्रोलर (एटिसी) बीच भएको कुराकानीलार्इ लिएर कारबाही नगरिएको दाबी गरे।

सामाजिक सञ्जाल र मिडियामा अडियो छ्याप्छ्याप्ती भएपछि प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले अति गोप्य प्रकृतिको सूचना बाहिरिनु अपराध भएको बताएका थिए। यता संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि प्राधिकरणलाई अडियो सार्वजनिक प्रकरणमा स्पष्टीकरण सोध्ने तयारी गरेको खबर समेत आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell