PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

झ्याल फोडेर हामफालेकी बंगलादेशी अहमदले भनिन्: चाँडो उद्दार नभएको भए कहाँ बाँचिन्थ्यो र



सागर बुढाथोकी

झ्याल फोडेर हामफालेकी बंगलादेशी अहमदले भनिन्: चाँडो उद्दार नभएको भए कहाँ बाँचिन्थ्यो र

काठमाडौं: बंगलादेशको राजधानी ढाकाबाट बिदा मनाउन काठमाडौं आएकी साहसी अहमद अहिले केएमसी अस्पतालमा छिन्।

सोमबार दिउँसो युएस बंगला एअरको विमानमा काठमाडौं आएकी उनी दुर्घटनामा परेपछि अस्पतालमा भर्ना भएकी हुन्।

आफू बाँचेकोमा उनले सबैभन्दा पहिले नेपाली उद्दारकर्मीलाई धन्यवाद दिएकी छिन्। ' यति चाँडो उद्दारकर्मी र अग्नि नियन्त्रक आईपुगे कि जसले गर्दा म बाँच्न सफल भएँ। म नेपाली उद्दारकर्मी र नेपाली प्रति धेरै धेरै धन्यवाद दिन्छु। यस्तो चाँडो उद्दार त कतै पनि हुदैन होला,' खुसी हुँदै उनले भनिन्।

दुर्घटनाअघि विमान छड्के तरिकाले अवतरण हुन खोजे पनि आफू होसमै रहेको र विमान खस्नसाथ आगो लागेपछि झ्याल फोडेर बाहिर निस्केको उनले सुनाइन्। अहमदले भनिन्, 'जब विमान अनियन्त्रित भएर छड्के पाराले अवतरण हुदै थियो। म होसमै थिएँ। विमान खस्यो। आगो सुरु भइहाल्यो। हत्तपत्त सिटबेल्ट खोलें। झ्याल फोडेर हामफाले। तर आगोले घेरिसकेको थियो। उद्दार कर्मी आइपुगेर ज्यान बच्यो।'

केएमसीको अर्थोपेडिक्स वार्डको बेड नम्बर ४७५ मा उपचाररत उनी यतिबेला सामान्य छिन्। भन्छिन्, 'म अस्पतालका चिकित्सकप्रति धेरै धेरै धन्यवाद दिन्छु। भोलि नै मलाई भेट्न आमा आउदै हुनुहुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell