PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विमानस्थलका महाप्रबन्धक क्षेत्रीले भने: पाइलटले अटेरी गर्दा दुर्घटना भयो



वसन्तराज उप्रेती

विमानस्थलका महाप्रबन्धक क्षेत्रीले भने: पाइलटले अटेरी गर्दा दुर्घटना भयो

काठमाडौं: त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलले दुर्घटना भएको बंगलादेशको एयर युएस बंगला विमान नियमित रुटभन्दा फरकतिरबाट अवतरण गर्न खोज्दा दुर्घटना भएको जनाएको छ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीकाअनुसार उक्ता विमानका पाइलटले अटेरी गर्दा उक्ता दुर्घटना भएको हो।

विमान दुर्घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने(एअर ट्राफिक कन्ट्रोलरले दक्षिण तर्फदेखि अवतरण गर्न पटकपटक निर्देशन दिएका थिए। तर, पाइलटले मानेनन।  उत्तरदेखि अवतरण गर्न अनुमति मागे। विमान उत्तर पूर्वतिर गयो। फेरि एअर ट्राफिक कन्ट्रोलरले चालकलाई तपाइको एलान्मेन्ट मिलेन भनेर  जानकारी गराए। विमान आर्मी ह्याङगरतिर गएर ठोक्कियो।   

उनका अनुसार दुर्घटनामा २५ जनाको उद्दार गरिएको र जसमध्ये ८ जनाको मृत्यु भएको छ। अन्य २ जना सामान्य उपचारपछि घर फर्किएका छन्। अरुको राजधानीका विभिन्न अस्पतालमा उपचार हुदैँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell