PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विष्टले ल्याए ‘थ्रीडी’ गीत, युट्युबबाट सुन्न पनि ‘हेड फोन’ चाहिने



पहिलोपोस्ट

विष्टले ल्याए ‘थ्रीडी’ गीत, युट्युबबाट सुन्न पनि ‘हेड फोन’ चाहिने

काठमाडौं: संगीतकार तथा साउण्ड ईन्जियर मीन विष्टले थ्रीडी गीत सार्वजनिक गरेका छन्। लक्ष्मी प्रसाद घिमिरेको शब्द, दिपा लामा र राम धिमालको स्वरमा मीन आफैँले संगीत भरेको “ईश्वरले तिमीलाई फुर्सदमा हो कि प्रेमले बनाको” बोलको थ्रीडी गीत हालै युट्युबमा सार्वजनिक गरेका हुन्। विष्टले यो नेपालमै पहिलो थ्रीडी गीत भएको दाबी गरेका छन्।

मीनले हेडफोन अनिवार्य लगाएर सुन्न आग्रह गरेको यस गीतमा बाजाहरु विभिन्न स्थानबाट बजेको सुन्न सकिन्छ।

मिक्सिङ इन्जिनियरको काममा परिचय बनाएका मीन चलचित्रकर्मी पनि हुन्। गीतमा भन्दा तेस्रो अायाम (3D) अडियोको कला चलचित्रमा स्कोप रहने हुनाले आफूले थ्रीडी गीत सार्वजनिक गरेको विष्टले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell