PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

'अस्कर २०१८' सम्पन्न, द सेप अफ वाटरलाई सर्वाधिक चार अवार्ड



पहिलोपोस्ट

'अस्कर २०१८' सम्पन्न, द सेप अफ वाटरलाई सर्वाधिक चार अवार्ड

अस्कर अवार्ड २०१८ सम्पन्न भयो। अवार्ड कार्यक्रममा फिल्म 'द सेप अफ वाटर' उत्कृष्ट घोषित भयो। अवार्डमा फिल्मले सर्वाधिक अवार्ड हात पार्‍यो। उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पार्श्व संगीत र उत्कृष्ट प्रोडक्सन डिजाइन गरी चार अवार्ड फिल्म युनिटले जित्यो।

९० ‌औं अस्कर अवार्डको पहिलो चरण सन् २०१७ को ११ सेप्टेम्बरमा सुरु भएको थियो। मार्च ४ मा क्लारिफोनियाको डोल्बी हलमा अवार्ड वितरण सम्पन्न भएको हो। कार्यक्रमलाई जिम्मी किम्मेलले प्रस्तुत गरे।

फिल्म 'डनकर्क' आठ विधामा मनोनित थियो भने थ्री बिलबोर्ड्स सात विधामा मनोनित रह्यो। जबकी शीर्ष विजेता सेप अफ वाटर सर्वाधिक १३ विधामा मनोनित भएको थियो।

 वर्षका लागि उत्कृष्ट फिचर्ड डकुमेन्ट्री 'इकारस' घोषित भयो।

यस्तो छ शीर्ष विजेता सूची:

उत्कृष्ट फिल्म: द सेप अफ वाटर

उत्कृष्ट निर्देशक: गीलर्मो डेल टोरो, द सेप अफ वाटर

उत्कृष्ट अभिनेता: गैरी ओल्डमैन, डार्केस्ट आर

उत्कृष्ट अभिनेत्री: फ्रांसेस मैकडोरमेड, थ्री बिलबोर्डस

उत्कृष्ट सह अभिनेता: साम रकवेल, थ्री बिलबोर्डस

उत्कृष्ट सह अभिनेत्री: ऐलीसन जेनी, आई टोन्या

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell